मुख्य समाचार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी

। नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरेका न् ।

यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने पनि उनले बताए ।




आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै ओली निकट नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरु कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपति बिच कुनै अन्तरविरोध छैन ।’

भण्डारीले सक्रिय राजनीतिमा आउने कुरा गरेको तर कसरी अघि बढ्ने भन्ने केही कुरा नगरेको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनु हुन्छ ।’



संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिहरुलाई सक्रिय राजनीतिमा आउन बन्देज नगरेकाले विद्या भण्डारी पनि राजनीतिमा फर्किन सक्ने महासेठको भनाइ छ । पार्टीको सचिवालयमा पनि यसबारे छलफल भएको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ? किनकी संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन ।’

राजनीतिमा आउने/नआउने भन्ने कुरा पूर्वराष्ट्रपति भण्डारीको व्यक्तिगत विषय भएको उनले बताए । अब राजनीति गर्छु भनेर भण्डारीले पार्टी सदस्यता रिन्यू गरेको तर उनले पार्टीभित्र अन्तरविरोध बढाउने काम नगरेको महासेठले बताए ।

पार्टीका केही नेताहरुले मात्र अन्तरविरोध बढाउने काम गरेको र विद्या भण्डारीलाई पनि विवादमा ल्याएको महासेठले बताए । उनले भने, ‘हाम्रा पार्टीका केही, एक–दुई जना साथीहरुले जुन अन्तरविरोध बढाउने काम गरिरहनु भएको छ, त्यो पनि राम्रो होइन । पूर्वराष्ट्रपतिलाई जुन प्रकारले विवादमा ल्याउने काम गरिएको छ, त्यो पनि राम्रो कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाले दोलखाको उत्तरी क्षेत्र सुनखान–साङ्बा सडकमा क्षति गरेपछि यातायात ठप्प भएको छ । शनिबार राति परेको वर्षाले उक्त सडकखण्डअन्तर्गत कालिञ्चोक गाउँपालिका–६ मा क्षति पुर्‍याएपछि पाँच वटा वडा सडक सम्पर्कविहीन भएका छन् । कालिञ्चोक खोलामा आएको बाढीले विगु–८ र कालिञ्चोक–२ जोड्ने पैदलमार्गको ढालानको पुल बगाएको छ । त्यस्तै सोही खोलाको बाढीले ह्यामपाइप बगाउँदा सिंगटी–बाबरे सडकखण्डमा यातायात ...
— आफूहरूको माग पूरा गर्नुपर्ने माग राख्दै कारागार कार्यालय कास्कीमा कैदीले नाराबाजी गरेका छन् । कैदीले आइतबार साँझ ५ बजेदेखि नाराबाजी गरिरहेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर बस्नेत र वडा प्रहरी कार्यालय कास्कीका डीएसपी सन्तोष निरौला कारागार कार्यालयमा पुगेका छन् । अहिले कारागारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । कैदीको मागबारे केही खुलिसकेको ...
— चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले एक महिनाभित्र परीक्षण उत्पादन गर्ने भएको छ। हाल आयोजनाअन्तर्गत सुरुङमा पानी प्रवाह गराई ‘वेट टेस्टिङ’ तथा पावर हाउसका मेसिनहरूको जाँचको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन समयमै निर्माण गर्न नसकेकाले ढिलाइ भएको विद्युत् उत्पादन अब एक महिनाभित्र ...
— धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन । सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा ...
— रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली गरेको छ । गत वर्ष साउनदेखि असार मसान्तसम्म उक्त रकम संकलन गरेको हो । उक्त असुली लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ ...