मुख्य समाचार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुग्यो, २७ छात्रा बेपत्ता
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुग्यो, २७ छात्रा बेपत्ता

। अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा १५ जना बालबालिका समेत छन् ।

शुक्रबार बिहानदेखिको वर्षाका कारण टेक्सासको कर काउन्टीस्थित ग्वाडालुपे नदीको सतह अकस्मात बढ्दा बाढीले वितण्डा मच्चाएको अमेरिकी सञ्चामाध्यमहरुले जनाएका छन् । दर्जनौं मानिस बेपत्ता भएको अधिकारीले बताएका छन् । आइतबारसम्म पनि उद्धार कार्य जारी छ ।




उद्धारका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरिरहेको छ । बाढीका कारण कर काउन्टी क्षेत्र सबभन्दा बढी प्रभावित भएको र त्यहाँ ४३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

क्रिस्चियन समर क्याम्प (इसाई युवा शिविर) बाट हराएका २७ छात्राको अवस्था हालसम्म पनि अज्ञात रहेको अधिकारीहरुले बताएका छन् । हालसम्म ८५० जनाको उद्धार गरिएको छ ।



त्यहाँको मौसस विभागले त्यस टेक्सासको कर काउन्टी क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान जारी गर्दै बाढीको चेतावनी दिएको छ ।

शुक्रबार बिहानदेखि वर्षा हुँदा ग्वाडालुपे नदीको सतह ४५ मिनेटमै ६ फिट (७.९ मिटर) बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...