मुख्य समाचार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुग्यो, २७ छात्रा बेपत्ता
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुग्यो, २७ छात्रा बेपत्ता

। अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा १५ जना बालबालिका समेत छन् ।

शुक्रबार बिहानदेखिको वर्षाका कारण टेक्सासको कर काउन्टीस्थित ग्वाडालुपे नदीको सतह अकस्मात बढ्दा बाढीले वितण्डा मच्चाएको अमेरिकी सञ्चामाध्यमहरुले जनाएका छन् । दर्जनौं मानिस बेपत्ता भएको अधिकारीले बताएका छन् । आइतबारसम्म पनि उद्धार कार्य जारी छ ।




उद्धारका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरिरहेको छ । बाढीका कारण कर काउन्टी क्षेत्र सबभन्दा बढी प्रभावित भएको र त्यहाँ ४३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

क्रिस्चियन समर क्याम्प (इसाई युवा शिविर) बाट हराएका २७ छात्राको अवस्था हालसम्म पनि अज्ञात रहेको अधिकारीहरुले बताएका छन् । हालसम्म ८५० जनाको उद्धार गरिएको छ ।



त्यहाँको मौसस विभागले त्यस टेक्सासको कर काउन्टी क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान जारी गर्दै बाढीको चेतावनी दिएको छ ।

शुक्रबार बिहानदेखि वर्षा हुँदा ग्वाडालुपे नदीको सतह ४५ मिनेटमै ६ फिट (७.९ मिटर) बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाएका थिए, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्यायो । उनलाई जनवरी महिनामा पक्राउ गरिएको थियो । तर, कानुनी प्रक्रिया अनुसार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशमाथि १० प्रतिशत भन्सार लगाउने आफ्नो चेतावनी दोहोर्‍याएका छन्। डोनाल्ड ट्रम्पले भने,‘जब मैले ६ ब्रिक्स देशबारे सुनेँ, उनीहरूले ठुलो क्षति बेहोरेका छन्। यदि उनीहरू अगाडि बढे भने चाँडै नै समाप्त हुनेछन्।’ ट्रम्पले यो भन्दै गर्दा कुनै पनि देशको नाम लिएनन्। ट्रम्पले भने, ‘हामी कुनै पनि देशलाई हामीसँग खेल खेल्न दिने छैनौँ।’ ट्रम्प ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन्। शुक्रबार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजको क्रममा उनले कुन देशका कति लडाकु विमान क्षतिग्रस्त भए भन्ने कुरा भनेनन्। यसअघि पाकिस्तानले पनि भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो। यद्यपि, भारतले सधैँ यी दाबीलाई अस्वीकार ...
: सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार दक्षिणी सिरियामा हालै भएको हिंसामा ५९४ जनाको मृत्यु भएको छ। बेलायतस्थित उक्त संस्थाले आइतबारदेखि सुरु भएको हिंसा चरम क्रूरताले भरिएको बताएको हो । एसओएचआरले बिहीबार हिंसामा ड्रुज समुदायका ३०० जनाले ज्यान गुमाएको बताएको छ। यसमा १४६ लडाकु र १५४ जना सर्वसाधारण छन्। एसओएचआरका अनुसार १५४ जना सर्वसाधारणमध्ये ८३ जनालाई सरकारी ...
: इजरायलले आफ्नो सेनाले सिरियाली राजधानी दमास्कसस्थित सेनाको मुख्यालयमा आक्रमण गरेको बताएको छ। सिरियाली स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएको छ। ‘चेतावनीको समय सकिएको छ। अब कठोर र पीडादायी प्रहार हुनेछन्,’इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले भने। इजरायलले दक्षिण–पश्चिमी सिरियामा रहेको ड्रुज समुदायलाई जोगाउन प्रयास गरिरहेको बताएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने,‘हामी ...