मुख्य समाचार
परालको भुस लोड भएको ट्रकबाट १० क्वीन्टल अवैध काजु बरामद
परालको भुस लोड भएको ट्रकबाट १० क्वीन्टल अवैध काजु बरामद

। सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिएको हो ।




सर्लाहीको मदनपुरबाट काठमाण्डौ तर्फ आउँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा जाँच गर्दा भन्सार छलेर ल्याइएको काजु फेला परेको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए ।

परालको भुस लोड भएको ट्रकमा शंका लागेर जाँच गर्दा १५ लाख मूल्यबराबरको १० क्वीन्टल काजु फेला परेको प्रहरीले जनाएको छ ।



ट्रकसँगै प्रहरीले सर्लाहीको बरहथवा नगरपलिका– १३ बसवरीया बस्ने अन्दाजी ५६ वर्षीय राजबंशीलाई नियन्त्रण अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
५३ वर्षको उमेरमा नागरिकता हातमा पर्दा पुनियादेवीले भनिन् ‘अब म पनि नेपाली भए’
। पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द भएको इलाका पहरी कार्यालय बनेपाले जनाएको छ । फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानमात्रै ह्युमपाइप राखेर ...
: मोरङको रंगेलीबाट हवाई फायर गरेर प्रहरीले आइतबार दिउँसो ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंसहितको टोलीले १ राउण्ड हवाई फायर गरेर रंगेली नगरपालिका-८ मा स्थित डिल्लीराम श्रेष्ठको घरबाट ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १ जना भारतीय महिला पनि छन्। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका ...
सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा
: नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले समयमा नै पार्टीको महाधिवेशन सम्पन्न गर्न क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका छन्। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने सदस्यहरूले समयसीमाभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने र त्यसका लागि क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका हुन्। केही दिनदेखि जारी बैठकमा विभिन्न भातृसंगठन, महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य सरिता ...