मुख्य समाचार
ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा
ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्स मार्फत दिएका छन् ।

‘अमेरिका पार्टी’ औपचारिक रूपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ ।




यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने बताएका छन् ।

यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने बताएका छन् ।



सन् २०२४ को निर्वाचनको बेला मस्क ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौती सम्बन्धी कार्यदक्षता विभाग (डीओजीई) को प्रमुख पदमा नियुक्त भएका थिए । पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए । पद त्यागलगत्तै उनले नयाँ राजनीतिक दल खोल्ने सम्भावनाको कुरा गरेका थिए ।

अमेरिकाको स्वतन्त्रता दिवस (चार जुलाई)को अवसरमा मस्कले एक्स अकाउन्टमा एक पोल राखेका थिए । त्यहाँ उनले लेखेका थिए– के तपाईं दुई पार्टी सिस्टमबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले नयाँ पार्टी बनाउनुपर्छ ?

यी प्रश्नमा मत व्यक्त गर्न दिइएका दुईवटा अप्सनहरुमध्ये ६५.४ प्रतिशतले नयाँ पार्टी बनाउनुपर्छ भन्ने पक्षमा मत व्यक्त गरेका थिए । ३४.६ प्रतिशतले पर्दैन भन्ने पक्षमा मत दिएका थिए ।

सो पोलको नतिजापछि मस्कले एक्समा लेखेका छन्– तपाईंहरु ६६ प्रतिशतले नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र अब यो तपाईंले प्राप्त गर्नुहुनेछ । जब अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ तब अमेरिकाका दुवै पार्टी (रिपब्लिकन र डेमोक्रेटिक) उस्तै हुन आउँछन् । अब देशले दुई पार्टी सिस्टमबाट स्वतन्त्रता पाउने छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम