मुख्य समाचार
ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा
ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्स मार्फत दिएका छन् ।

‘अमेरिका पार्टी’ औपचारिक रूपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ ।




यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने बताएका छन् ।

यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने बताएका छन् ।



सन् २०२४ को निर्वाचनको बेला मस्क ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौती सम्बन्धी कार्यदक्षता विभाग (डीओजीई) को प्रमुख पदमा नियुक्त भएका थिए । पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए । पद त्यागलगत्तै उनले नयाँ राजनीतिक दल खोल्ने सम्भावनाको कुरा गरेका थिए ।

अमेरिकाको स्वतन्त्रता दिवस (चार जुलाई)को अवसरमा मस्कले एक्स अकाउन्टमा एक पोल राखेका थिए । त्यहाँ उनले लेखेका थिए– के तपाईं दुई पार्टी सिस्टमबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले नयाँ पार्टी बनाउनुपर्छ ?

यी प्रश्नमा मत व्यक्त गर्न दिइएका दुईवटा अप्सनहरुमध्ये ६५.४ प्रतिशतले नयाँ पार्टी बनाउनुपर्छ भन्ने पक्षमा मत व्यक्त गरेका थिए । ३४.६ प्रतिशतले पर्दैन भन्ने पक्षमा मत दिएका थिए ।

सो पोलको नतिजापछि मस्कले एक्समा लेखेका छन्– तपाईंहरु ६६ प्रतिशतले नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र अब यो तपाईंले प्राप्त गर्नुहुनेछ । जब अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ तब अमेरिकाका दुवै पार्टी (रिपब्लिकन र डेमोक्रेटिक) उस्तै हुन आउँछन् । अब देशले दुई पार्टी सिस्टमबाट स्वतन्त्रता पाउने छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...