मुख्य समाचार
डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियल अन्तिम चारमा प्रवेश
डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियल अन्तिम चारमा प्रवेश

। स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियल अन्तिम चारमा प्रवेश गरेको हो।

रियल मड्रिडका लागि गोंजालो गार्सिया, फ्रान गार्सिया र किलियन एमबाप्पेले गोल गरे। डर्टमुन्डका लागि मेक्सिमिलियन बेइयर र सर्हो गुइरासीले गोल फर्काए।




खेलको १०औं मिनेटमा गोंजालो तथा २०औं मिनेटमा फ्रानले अग्रता दोब्बर बनाएपछि पहिलो हाफमा नै २-० को अग्रता बनाएको रियलले सोही नतिजाका साथ जित निकाल्ने संघारमा रहेका बेला इन्जुरी समयमा खेल रोमाञ्चक बनेको थियो ।

डर्टमुन्डले इन्जुरी समयको दोस्रो मिनेटमा बेइयरको गोलमार्फत एक गोल फर्कायो, तर त्यसको दुई मिनेटपछि एमबाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै रियलको अग्रता कायम राखे।



त्यसलगत्तै इन्जुरी समयको पाँचौं मिनेटमा रियलका डेयान हुयिसेनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। इन्जुरी समयको ८औं मिनेटमा सर्हो गुइरासीले पेनाल्टीमार्फत डर्टमुन्डका दोस्रो गोल गरेपनि त्यो पर्याप्त भने भएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...