मुख्य समाचार
नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै समूह चरणमै सीमित
नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै समूह चरणमै सीमित

: एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै समूह चरणमै सीमित बनेको हो।

तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा पहिलो हाफमा ३–१ ले अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफमा गोल फर्काउन सकेन। कप्तान सावित्रा भण्डारीले दोस्रो हाफमा २ गोलसहित ह्याट्रिक गर्दै खेल बराबरीमा पुर्‍याएपछि यो खेलको नतिजा पेनाल्टी सुट मार्फत भएको हो।

नेपालको लागि पहिलो पेनाल्टी पोलमा लागेर फर्कियो। ह्याट्रिक गोल स्कोरर सावित्रा भण्डारीको पेनाल्टी दोस्रो बारमा लागेर बाहिरियो। नेपालको लागि दोस्रो पेनाल्टी गीता रानाले सहजै गोल गरिन्। तेस्रो पेनाल्टी सबिता राना मगरले पनि गोल गरिन्। चौथो पेनाल्टी अन्जना राना मगरको पेनाल्टी उज्बेकिस्तानकी गोलकिपरले रोक्दा नेपाल पेनाल्टीमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको हो।

उज्बेकिस्तानका भने चारै खेलाडीले पेनाल्टीमा गोल गरे। जसको फलस्वरुप उज्बेकिस्तान एसियन कपमा छनोट भएको छ। नियमित खेलको पहिलो मिनेटमा नै नेपालले गोल बेहोर्यो। उज्बेकिस्तानका लागि फिरुजाले बक्स बाहिरबाट दिएको पासलाई खबीबुल्लीभाले डिबक्सको बीचबाट गोल गरिन्।

खेलको एघारौँ मिनेटमा उज्बेकिस्तानकी कप्तान उदमिल्ला कराचिकले बायाँ तर्फबाट ल्याएको बल क्लियर गर्न खोज्दा नेपालकी डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लाग्दै गोल भएको हो। यससँगै खेलको सुरुवाती मिनेटमै नेपालले २ गोल खायो।

नेपालले खेलको १६ औँ मिनेटमा काउन्टर अट्याक गरेको थियो। कप्तान सावित्रा भण्डारीको पासमा रश्मीकुमारी घिसिङले डिबक्सबाट हानेको प्रहार प्रहार गोलकिपरले सजिलै नियन्त्रणमा लिइन्। खेलको २४ औँ मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन्। डिफेन्डरलाई बिट गर्दै डिबक्स बाहिरबाट गरेको प्रहार उज्बेकिस्तानकी गोलकिपरले रोक्न सकिनन्।

को ३८ औँ मिनेटमा सरस्वती हमालले डी बक्स भित्र फाउल गर्दा पेनाल्टी बेहोर्यो। सोही कुराको कम्प्लेन गर्दा नेपालका प्रशिक्षक प्याट्रिकले पहिलो कार्ड पनि खाए। खेलको ३९ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्यो। उज्बेकिस्तानको लागि माफ्तुना सोइमोभाले पेनाल्टीमा गोल गरिन्। पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा नेपालले डिबक्स बाहिर फ्री किक पाएको थियो। सो फ्री किक कप्तान सावित्रा भण्डारीले सिधा गोलकिपरको हातमा दिइन्।

पहिलो हाफको थप गरिएको अन्तिम मिनेटमा उज्बेकिस्तान १० खेलाडीमा सीमित भयो। उज्बेकिस्तानकी जर्सी नम्बर १९ की खेलाडी नोजीमाखोनले नेपालकी कप्तान सावित्रा भण्डारीलाई फाउल गर्दा उनले दोहोरो पहिलो सहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिएकी हुन्। खेलको ७१ औं मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याइन्।

खेल त्यसको दुई मिनेटपश्चात पुन कप्तान भण्डारीले गोल गर्दै नेपालका लागि तीन खेलमा तेस्रो ह्याट्रिक गरिन्। यो हारसँगै नेपालको एसियन कप खेल्ने सपना यही सकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम