मुख्य समाचार
एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दै
एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दै

: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ।



समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ।



null




पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० ले हराएको थियो। उज्बेकिस्तानले पनि पहिलो खेलमा श्रीलंकालाई १० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा लाओसलाई ७-० ले हरायो। दुवै टिमले हालसम्म क्लिनसिप राखेका छन्। यी दुवै टिमको गोल अन्तर पनि बराबर रहेको छ।

नेपाल २६ वर्षपछि एसियन कप खेल्न चाहन्छ भने २२ वर्षपश्चात एसियन कपमा स्थान बनाउन चाहन्छ। नेपालले हालसम्म तीनपटक मात्रै एसियन कप खेलेको छ। नेपालले सन् १९८६ सन् १९८९ र १९९९ मा एसियन कप खेलेको थियो।

उज्बेकिस्तानले हालसम्म पाँच पटक एसियन कप खेलेको छ। पहिलो पटक १९९५ मा एसियन कप खेलेको जुबेकिस्तानले १९९७, १९९९, २००१ र २००३ मा एसियन कप खेलेको थियो। फिफा वरियतामा नेपाल १०० औँ स्थानमा रहेको छ भने उज्बेकिस्तान ५१ औं स्थानमा रहेको छ।

हालसम्मको हेड टु हेड नतिजामा महिला एसियन कप १९९९ मा नेपाल र उज्बेकिस्तानले खेलेका थिए, जसमा नेपाल ६-१ ले पराजित भएको थियो।

नादेज्दा कप २०१९ मा नेपाल उज्बेकिस्तानले खेलेका थिए। जसमा लिग चरणमा उज्बेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो। यी दुवै टिम फाइनल प्रवेश गरेका थिए। फाइनलमा पुन: ३-२ ले पराजित गरेको थियो।
यी दुई टिमले एएफसी एसियन कप अन्तर्गत समूह एफको अन्तिम खेलमा चौथोपटक एकअर्काको सामना गर्नेछन्।

नेपालले एसियन कप छनोट भएको अवस्थामा फिफा विश्वकप र २०२८ को ओलम्पिकको छनोटमा समेत अवसर बनाउनेछ। २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपको छनोटको आधार पनि एसियन कप रहेकाले नेपालका लागि विश्वकपको सपना पछ्याउने यो एक सुनौलो माध्यम हुन सक्नेछ।
एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टिमले फिफा विश्वकपमा स्थान बनाउनेछन्। सन् २०२८ को ओलम्पिकको लागि पनि नेपालले मौका पाउने छ।

दक्षिण एसियाली फुटबल साफको विजेता बङ्गलादेशले भने पहिलो पटक एसियन कपमा छनोट हुँदै इतिहास रचेको छ। साफको उपविजेता रहेको नेपालका लागि पनि यो असम्भव भने छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...