मुख्य समाचार
नेपालले उचाल्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि
नेपालले उचाल्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

: एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि रक्षा गरेको हो।



मलेसियाको युकेएम वाइएसटी ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलाउट भएको थियो।



मलेसियाले दिएको ११४ रनको विजय लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदै पूरा गरेको हो।

नेपालका लागि जोई थापाले सर्वाधिक २४ रनमा‌ अविजित रहे। उनले ५३ बलमा तीन चौका प्रहार गरे। उनीसँगै अभय यादव १२ बलमा १० रन बनाउँदै अविजित रहे।

२९ औँ ओभरको अन्तिम बलमा अभय यादवले छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्। उनले जोई थापासँग नवौं विकेटको लागि २५ रनको अविजित साझेदारी गरे।

५८ मा ५ को स्थितिबाट जोई थापाले एक तर्फबाट इनिङ सम्हाल्दै नेपाललाई जिततर्फ लम्काएका थिए। एक तर्फबाट लगातार विकेट गइरहँदा जोईले क्रिज सम्हालेका थिए।

नेपालका लागि ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसीले क्रमश १३ र १७ रन बनाए। श्रीवांश बजगाईले २० रन बनाए। शुभम खनालले १८ रन बनाए।

सिंगापुरका लागि बलिङतर्फ कपिस बेनकात्रामले सर्वाधिक ४ विकेट लिए। युवान पाण्डेले दुई विकेट लिँदा वेदांश गुप्ता र आकाश तेजाले १-१ विकेट लिए।

त्यसअघि, पहिलो इनिङमा ब्याटिङ गरेको सिंगापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। उनले ८४ बल खेल्दै दुई चौका प्रहार गरे। कप्तान रियान‌ नैकले १५ रन बनाए। अन्तिम विकेटका लागि क्रिजमा आएका वेदांश गुप्ता १२ रनमा अविजित रहे।

आकाश तेजा १० रनमा अन्तिम विकेटको रूपमा खनालको बलमा बोल्ड भए। सिंगापुरका लागि अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

१२ ओभर सकिँदा सिंगापुर ६ विकेटको क्षतिमा ५३ रन बनाएको सिङ्गापुरको अन्तिम विकेटका लागि २५ रनको साझेदारी नै सर्वाधिक साझेदारी रह्यो।

३४.३ ओभरमा ९ विकेटको क्षतिमा सिङ्गापुरले १०० रन पूरा गर्‍यो। त्यसपछि अन्तिम विकेटका लागि आकाश तेजा र वेदांस गुप्ताले २५ रनको साझेदारी गर्दै सिङ्गापुरलाई १०० रनमाथिको लक्ष्य दिन सहयोग गरे।

नेपालका लागि सुशील बहादुर रावल र अभय यादवले समान ३-३ विकेट लिए । शुभम खनालले २ विकेट लिए। कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए। ‌

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...