मुख्य समाचार
मलेसिया–नेपाल बिजनेस काउन्सिललाई प्रधानमन्त्रीले भने : नेपालमा लगानी गर्नुहोस्, सहकार्य गर्छौं
मलेसिया–नेपाल बिजनेस काउन्सिललाई प्रधानमन्त्रीले भने : नेपालमा लगानी गर्नुहोस्, सहकार्य गर्छौं

: प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराए। null



प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुनी र संरचनात्मक सुधारहरु गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरे। उनले आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सँधै व्यवसायीसँग सहकार्यमा रहने जानकारी दिए ।



प्रतिनिधिमण्डलले आफूहरुले नेपालमा फोहोर (प्लास्टिक) प्रसोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा कााम गर्न उत्सुक भएको जनाएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।




मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा आएको उक्त प्रतिनिधिमण्डल तीन दिने यात्राका लागि यही असार १८ गते काठमाडौँ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान ...
। नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटकहरु लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने भनाइ राखे ...
। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । नेपालमा पर्यटनको अनगिन्ति ...
। नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको उनको भनाइ थियो ...
: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि विषयक कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि धेरै विकल्प भएपनि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका हुन्। अर्थमन्त्री पौडेलले पर्यटनका सम्भावनालाई कार्यान्वयन गर्न देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्ने बताए। ...