मुख्य समाचार
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रौनक, उत्कृष्ट बलर विपिन
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रौनक, उत्कृष्ट बलर विपिन

: एसीसी यू–१६ इस्ट जोन कपको व्यक्तिगत विधातर्फको सम्पूर्ण पुरस्कार विजेता टोली नेपालका खेलाडीले जितेका छन्। मलेसियाको युकेएम वाइएसटी ओभलमा आज भएको फाइनल खेलमा सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि उचालेको हो।


फाइनल खेलको प्लेयर अफ दि अभय यादव भएका छन्। खेलको २९ औँ ओभरको अन्तिम बलमा अभयले छक्का प्रहार गर्दै नेपाललाई उपाधि दिलाएका हुन्। यस्तै अभयले नेपालका लागि ३ विकेट लिए।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रौनक श्रीवास्तव घोषित भए। उनले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका छन्। इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा १६८ रन बनाए। रौनकले बनाएको १६८ रन कुनैपनि नेपाली खेलाडीले बनाएको उच्च व्यक्तिगत स्कोर हो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका रौनक उत्कृष्ट ब्याटर पनि घोषित भए।

उत्कृष्ट बलर नेपालका कप्तान विपिन प्रसाद शर्मा घोषित भए। उनले प्रतियोगिताका ६ खेलमा कुल १७ विकेट लिए। नेपालका अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...