: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि विषयक कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि धेरै विकल्प भएपनि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका हुन्।
अर्थमन्त्री पौडेलले पर्यटनका सम्भावनालाई कार्यान्वयन गर्न देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्ने बताए। उनले पर्यटन क्षेत्रमा राज्यका तर्फबाट मात्रै गर्ने लगानीले नपुग्ने उल्लेख गरे। बजेट निर्माण गर्दा पनि लगानी भित्र्याउने र त्यसका लागि सहज वातावरण बनाउन ध्यान केन्द्रित गरेको उनले बताए।
अर्थमन्त्री पौडेलले राजनीतिक स्थायित्व कायम गर्दै मुलुकको विकास गर्नुपर्ने धारणा राखे।