मुख्य समाचार
ब्राजिलियन क्लब फ्लुमिनेस फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश
ब्राजिलियन क्लब फ्लुमिनेस फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

। ब्राजिलियन क्लब फ्लुमिनेस फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा साउदी क्लब अल हिलाललाई २–१ ले पराजित गर्दै फ्लुमिनेस अगाडि बढेको हो ।

अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलियन क्लब फ्लुमिनेसले सशक्त प्रदर्शन गर्दै जित हात पारेको हो।




खेलको ४०औं मिनेटमा म्याथियस मार्टिनेलीले पेनाल्टी बक्सबाहिरबाट शानदार लेफ्ट फुटेड शट प्रहार गर्दै फ्लुमिनेसलाई अग्रता दिलाए।

दोस्रो हाफको ५१औं मिनेटमा अल हिलालका मार्कस लियोनार्डोले कालिडु कुलिबालीको पासमा बराबरी गोल फर्काए।



तर खेलको ७०औं मिनेटमा फ्लुमिनेसका हरक्युलेसले बक्सभित्रको बललाई नियन्त्रणमा लिँदै निर्णायक गोल गर्दै टिमलाई २–१ को जित दिलाए।

अब फ्लुमिनेसले फाइनल प्रवेश गर्नका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...