मुख्य समाचार
(बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आग्रह
(बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आग्रह

। अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।




छिटो भन्दैमा आवश्यक छलफल नै नगरी पास गर्ने भन्ने आशय आफ्नो नभएको भन्दै पर्याप्त छलफल गरेर चाँडो गर्नुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार, अर्थ समितिलाई बाफिया विधेयकलाई अघि बढाउने सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ त्यसका लागि सहयोग गर्न तयार छ ।



‘यो बाफियासम्बन्धि विधेयकमा हामी जुन छलफल गरिरहेका छौं । यसमा छिटोभन्दा छिटो समिति निष्कर्षमा पुगोस् भन्ने मेरो आग्रह छ । त्यसका लागि संशोधनकर्ता र समितिले जरुर सहयोग गर्नुहुन्छ भन्नेमा मेरो विश्वास छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यो विधेयकको सन्दर्भमा हामी छिटो निष्कर्षम पुगौं । छिटो भन्दाले सम्बन्धित विषयले जुन लेभलसम्मको छलफलको डिमाण्ड गर्छ त्यो तहसम्मको छलफल गरौं तर ढिला नगरौं ।’

उल्लेख्य स्वामित्व भएको व्यक्तिले ऋण लिन नपाउने व्यवस्था राख्न हुँदैन भन्ने धारणा देखिएको भन्दै अर्थमन्त्रीले यसमा छलफल गरेर निर्णयमा पुग्नुपर्ने भनाइ राखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए । सवारीसाधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने समेत उनले बताए । नेपाली सडक ...
। त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए । ‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन । कतिपय ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने ...
। प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार १५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी पक्राउ ...