मुख्य समाचार
एफएटीएफ ‘ग्रे लिस्ट’ : अर्थमन्त्रीले सुन्नै चाहेनन् ‘कालोधन सेतो बनाउने’ सांसदको प्रस्ताव
एफएटीएफ ‘ग्रे लिस्ट’ : अर्थमन्त्रीले सुन्नै चाहेनन् ‘कालोधन सेतो बनाउने’ सांसदको प्रस्ताव

। प्रतिनिधिसभा सांसदहरूले कर तिराएर ‘कालोधन सेतो बनाउने’ प्रस्ताव गरेपछि अर्थमन्त्री विष्णु पौडेल झस्किएका छन् ।

‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) ले नेपाललाई ‘ग्रे’ लिस्टमा राखेको अवस्थामा सांसदहरूले नै यस्ता प्रस्ताव राखेपछि कालोसूचीमा परिने उनले बताएका हुन् ।




ग्रे लिस्टबाट बाहिर ल्याउने चुनौती थपिएको अवस्थामा सांसदहरूले कालोधनमा कर तिराइ सेतो बनाउने प्रस्ताव राखेपछि अर्थमन्त्रीले कालोसूचीमा पर्ने भन्दै यस्ता कुरा नगर्न सुझाए ।

शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिमा मन्त्री पौडेलले संसद तथा संसदीय समितिमा यस्ता विषयलाई स्थान दिएको सूचना बाहिर गए देश कालोसूचीमा पर्ने बताएका हुन् ।



बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकको छलफलका लागि अर्थ समितिमा बोलाइएका अर्थमन्त्रीले सांसदहरूको प्रस्तावले एफएटीएफको कालोसूची सम्झिए ।

उनले समिति सदस्यहरूलाई ग्रे लिस्टबाट बाहिर आउने जिम्मेवारी पूरा गर्नुपर्ने अवस्थामा झनै कालोसूचीतर्फ जाने कुरा गर्नु निकै संवेदनशील भएको उनको भनाइ छ ।

एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धीकरण नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान र कारबाहीमा सुधार गर्न नसकेको भन्दै ग्रे लिस्टमा राखेको छ ।

एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी रोक्न संसारभरिका देशले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरण जोखिममा रहेका देशलाई कालोसूची (ब्ल्याक लिस्ट) तथा ग्रे लिस्टमा वर्गीकरण गर्दै आएको छ ।

बाफिया विधेयकका सन्दर्भमा मन्त्री पौडेलले अर्थ समितिले छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन आग्रह गरे । विधेयक उपर समितिले छिटो निर्णय गर्न संशोधन प्रस्तावकर्ता सदस्य तथा अन्य सदस्यले सहयोग गर्ने मन्त्री पौडेलले भनाइ छ ।

‘छिटो भन्नाले सम्बन्धित विषयले जुन तहको गहिराइ सहितको छलफल माग गर्छ, सोही अनुसार छलफल नगर्ने भन्न खोजेको होइन,’ पौडेलले भने, ‘आवश्यक छलफल गरेर सकेसम्म छिटो निर्णयमा पुगांै भन्ने आग्रह हो ।’

समिति सदस्यहरूले विधेयकभन्दा बाहिर गएर प्रश्न गरेपछि अर्थमन्त्रीले समितिले चाहेको सूचना ल्याउन निर्देशन दिएको खण्डमा तयारीसाथ पूर्णसूचना लिएर आउने जवाफ दिए ।

‘समितिले अर्थ मन्त्रालय वा राष्ट्र बैंकबाट के–के विषयमा कस्तो– कस्तो सूचना चाहन्छ, त्यसमा निर्देशन दिए व्यवस्थित जानकारीका साथ उपस्थित हुनेछाैं,’ उनले भने, ‘एक प्रतिशतभन्दा वढी सेयर भएको व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था हुन नहुने विषयमा सदस्यहरूले विचार व्यक्त गर्नुभएको छ । त्यस विषयमा समितिले छलफल गरे उक्त छलफलमा अर्थ मन्त्रालयले आफ्नो विचार राख्ने छ ।’

बैंक तथा वित्तीय संस्थाको प्रभावकारी नियमन गर्नुपर्छ भनेर नै बाफिया विधेयक तयार गरेको उनले बताए । बैंकिङ क्षेत्रका समस्या समाधान गर्ने व्यवस्थामा कुनै पनि कमी कमजोरी नहोस् भनेर समितिमा छलफल भइरहेको उनले बताए ।

बैंक तथा वित्तीय संस्था व्यापारिक घरानाको कब्जामा गए भन्ने विषयलाई पनि विधेयकले सम्बोधन गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अहिले मुलुकको राजनीति विकृत भइसकेको बताएका हुन्। भट्टराईले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरू रहेको बताए। राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उनले बताए। भट्टराईले शिक्षा क्षेत्रबाट ...
: जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन्। २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सिन्धुलीको दूधौली नगरपालिका-१२ घर भई काठमाडौंको नक्साल बस्ने २४ वर्षीय तिलक घिसिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले ...
। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे । उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ घर भई ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ बस्ने ४० वर्षीय भुप नारायण चौधरी रहेका छन्। चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका ...
। जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास ...