मुख्य समाचार
उपेन्द्र यादवले १/२ प्रतिशत व्यापारिक घरानाले निजी बैंकहरू कब्जा गरेको बताए
उपेन्द्र यादवले १/२ प्रतिशत व्यापारिक घरानाले निजी बैंकहरू कब्जा गरेको बताए

। पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले १/२ प्रतिशत व्यापारिक घरानाले निजी बैंकहरू कब्जा गरेको बताएका छन् ।

अर्थ समितिको शुक्रबारको छलफलमा उनले तिनै घरानाले मुलुकको अर्थतन्त्रलाई बैंकिङ क्षेत्रमार्फत नियन्त्रण गरेको बताएका हुन् ।




अध्यक्ष यादवका अनुसार जनताले कर्जा पाउने अवस्था नै छैन । सरकारीतर्फको कृषि विकास बैंकमाथि पनि उनले प्रश्न उठाए । कृषि विकास बैंकले बैंकिङ सुविधा राम्रोसँग पुर्‍याउन नसक्दा मिटरब्याजीहरू हाबी भएको उनको भनाइ छ ।

बैकिङ प्रणाली जनताका लागि ‘फेलियर’ भएर जनता मिटरब्याजीको पछि लाग्नुपरेको गुनासो यादवले गरे । जनतालाई बैंकिङ सुविधा राम्रोसँग पुर्‍याउने हो भने मिटरब्याज समस्या नै नहुने उनले बताए ।



नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उल्लेख्य स्वामित्व भएका व्यक्तिले कुल कर्जाको ४५ प्रतिशत उपयोग गरेको बताए । बैंकमा व्यवसायीको लगानी भइसकेका कारण सुरक्षित निकास चाहिनेमा उनले जोड दिए ।

उनका अनुसार सरकारले सक्नेलाई लगानी गर्न सहज बनाउनुपर्छ । सक्नेलाई प्रतिबन्ध लगाइँदा मुलुक झन् अप्ठेरोमा पर्ने उनको धारणा छ ।

हालसम्म २० वाणिज्य बैंकको २०८० असारसम्म चुक्ता पूँजी ३ खर्ब ७९ अर्ब छ । त्यो चुक्ता पूँजीमा ३ सय व्यक्ति आबद्ध छन् । अहिलेको प्रस्तावित व्यवस्था राख्दा ती व्यक्तिले गरेको लगानी स्वत: धरापमा पर्ने उनको बुझाइ छ । त्यसैले यो व्यवस्था हटाइ लगानीका निम्ति सहज बनाउनुपर्ने उनको तर्क छ ।

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका अधिकांश बैंकर उद्योगी–व्यापारी रहेको बताए । बैंकमा रहेको पैसा सबै व्यापारीले चलाएको उनको भनाइ छ । त्यो ‘ग्रे एरिया’ मा रहेको र त्यसको नियमन राष्ट्र बैंकले नगरेको उनको आरोप छ ।

उनले हाल प्रवाह भएको कर्जा कुन क्षेत्रमा कति प्रवाह भएको छ र कुन समूहले कति कर्जा लिएको छ भनेर श्वेतपत्र जारी गर्नुपर्ने बताए ।

‘स्वार्थको द्वन्द्व के हो ? कुनै व्यवसायीको बैंकमा पनि लगानी छ र उसको व्यवसाय पनि छ । बैंकको कर्जा कसले प्रयोग गरिरहेको छ ?,’ सांसद सिंहले भने, ‘यसमा ग्रे एरिया छ । एउटै घरानाको ६० अर्बसम्म कर्जा छ भन्ने सुनिन्छ । त्यसैले श्वेतपत्रको आवश्यकता छ ।’

बैंकिङ क्षेत्रका कारण कुनै पनि बेला नेपालको अर्थतन्त्र धराशायी हुने अवस्था रहेको भन्दै उनले सरकारको आसेपासे व्यापारीलाई ऋण दिइने र नतिर्ने भएको तर किसानले ऋण नपाएको बताए । सांसद सिंहले एक व्यक्तिलाई समस्त बैंकिङ प्रणालीमा दुई पटकभन्दा बढी प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने व्यवस्था गरिनुपर्ने बताए ।

उनले कृषिमा लगानी हुने वातावरण बनाउनुपर्ने, बैकिङ क्षेत्रको लेखा परिक्षण थप पारदर्शी बनाउनुपर्ने, ऊर्जा, कृषि र पर्यटन कर्जामा प्रोत्साहन गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य ...
। झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई साथमा लिएर अघि बढ्ने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादीले क्रान्तिको झण्डा उठाउँदा युवाहरू र संगीतले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अव पनि युवाहरूलाई साथमा लिएर अघि बढ्ने बताएका हुन्। प्रचण्डले भूमिगत रूपमा क्रान्तिको तयारी गर्दा ...
। वीरगञ्जबाट साथीहरूसँग मकवानपुर पिकनिक आएका एक युवककाे खाेलाले बगाएर मृत्यु भएकाे छ । जिल्लाको भिमफेदी गाउँपालिका–१, टौवासस्थित खोलामा नुहाउने क्रममा पर्साको वीरगञ्ज महानगरपालिका-५ घर भएका अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । घटना शनिबार अपराह्न सवा ३ बजेकाे हाे । उनी वीरगञ्जबाट इभी गाडी रिजर्भ गरी ...
: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अहिले मुलुकको राजनीति विकृत भइसकेको बताएका हुन्। भट्टराईले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरू रहेको बताए। राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उनले बताए। भट्टराईले शिक्षा क्षेत्रबाट ...