मुख्य समाचार
कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड
कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड

: नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन्।



शुक्रबार पार्टी कार्यालयमा बसेका कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैलिप्रति कार्यकर्ताहरू असन्तुष्ट रहेकाले नेताहरूले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका हुन्। उनीहरूले तोकिएको समयभित्र महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने धारणा राखेका थिए।



शुक्रबार बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई लगाएत ३० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। त्यस्तै आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का, आमन्त्रित मन्त्रीहरू तेजुलाल चौधरी (युवा तथा खेलकुद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास)ले पनि आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए।




उनले सरकारमा रहेका मन्त्रीहरूको कामकारकनहीका बारेमा छलफल भएपछि मन्त्री परिवर्तनका बारेमा भने कुनै छलफल नभएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगञ्जबाट साथीहरूसँग मकवानपुर पिकनिक आएका एक युवककाे खाेलाले बगाएर मृत्यु भएकाे छ । जिल्लाको भिमफेदी गाउँपालिका–१, टौवासस्थित खोलामा नुहाउने क्रममा पर्साको वीरगञ्ज महानगरपालिका-५ घर भएका अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । घटना शनिबार अपराह्न सवा ३ बजेकाे हाे । उनी वीरगञ्जबाट इभी गाडी रिजर्भ गरी ...
: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अहिले मुलुकको राजनीति विकृत भइसकेको बताएका हुन्। भट्टराईले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरू रहेको बताए। राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उनले बताए। भट्टराईले शिक्षा क्षेत्रबाट ...
: जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन्। २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सिन्धुलीको दूधौली नगरपालिका-१२ घर भई काठमाडौंको नक्साल बस्ने २४ वर्षीय तिलक घिसिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले ...
। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे । उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ घर भई ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ बस्ने ४० वर्षीय भुप नारायण चौधरी रहेका छन्। चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका ...