: स्रोत नखुलेको रकमसहित एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका-४ ठारी बस्ने ५८ वर्षीय जगदिश यादव रहेका छन्।
बलान बिहुल गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँ र मोबाइल १ थानसहित सिराहा उनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको म.प्र-०१-००४ प ७९८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।