: हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। घाइते हुनेमा पर्साको जिरा भवानी गाउँपालिका-३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारतको विहारका ३९ वर्षीय चन्द्र सन्जु गौरे, ३५ वर्षीय उमा शंकर कुमार, २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमार रहेका छन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नं.को ईभी गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ रातमाटेस्थित घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट १५ मिटर तल पुगेको थियो। गाडीमा चालकसहित १० जना सवार थिए।
घाइतेहरूको उपचारका लागि काठमाडौं अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ।