हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताए
हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताए

— नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन्।


शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको थियो। सो विषयमा बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासका लागि विधेयक अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।

उनले नेपाल युरोपेली युनियनको कालोसूचीमा परेको अवस्थालाई उल्लेख गर्दै नेपालले काम नगर्ने देश भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा फैलिरहेको बताए। किराँतीले कालोसूचीको प्रत्यक्ष असर नेपाल वायुसेवा निगममा परेको र अन्य निजी वायुसेवा कम्पनीहरूसँग अन्तर्राष्ट्रिय उडानका लागि जहाज नै नभएको स्पष्ट पारे।

उनले भने, 'हवाई सेवा देशको कूटनीति र देशको छवि हो। अब प्रभावकारी सेवा र विकासका लागि यो विधेयक अत्यन्तै आवश्यक छ। तर हामीले १२ वर्षभन्दा बढी समय बिताइसकेका छौँ, यो विधेयक अझै टुङ्गिएको छैन। नेपाल युरोपेली युनियनको कालोसूचीमा परेको छ। यसको प्रत्यक्ष असर नेपाल वायुसेवा निगममा परेको छ। अरूसँग त जहाज छैन। विदेशी जहाजलाई त रोकिएको छैन, नेपाल ध्वजावाहकलाई मात्र रोकिएको हो। हिमालयनसँग त्यो जहाज छैन। यति ठूलो क्षति भइरहेको छ। नेपाल काम नगर्ने देश हो भन्ने सन्देश अन्तर्राष्ट्रिय रूपमा फैलिरहेको छ।'

सांसद किराँतीले विधेयक पारित गर्न हतारमा त्रुटिपूर्ण बनाउन नहुने धारणा पनि राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको छ । प्रभाष पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर–४ एकान्तकुनाबाट पक्राउ गरेको हो ...
— हेटौंडा प्रहरीले लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकबाट ट्रामाडोल १७७० क्याप्सुलसहित हेटौंडा उपमहानगरपालिका—१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा—९ मा डेरा लिएर बस्ने २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा— १३ का ४० वर्षीय सोम स्याङ्तानलाई पक्राउ गरेको हो । इलाका ...
— सहरी विकास मन्त्रालयले काठमाडौंको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने जानकारी दिएको हो । अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ छ । कार्यवाहक ...
— यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रणालीमा समस्या आएकाले सेवा बन्द गरिएको जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जनाएको हो । ‘अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) ...
लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ