मुख्य समाचार
स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी तथा प्रतिनिधिसँग अन्तर्क्रिया
स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी तथा प्रतिनिधिसँग अन्तर्क्रिया

— प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी तथा प्रतिनिधिसँग अन्तर्क्रिया गरेका छन्।


संयुक्त राष्ट्र सङ्घको विकासका लागि वित्त सम्मेलनसम्बन्धी कार्यक्रम सकिएपछि स्पेनको सेभियाबाट म्याड्रिड पुगेका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीसँग गएराति भेटघाट भएको हो।

स्पेनका लागि नेपाली राजदूतको निवासमा आयोजित भेटका क्रममा एमाले निकट मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्वागत एवं सम्मान गर्दै नेपालमा भइरहेको विकास र समृद्धिको यात्राको सफलताको कामना व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले विदेशमा आर्जन गरिएको ज्ञान, अनुभव र पुँजीलाई स्वदेशको विकासमा लगाउन आग्रह गर्दै नेपाल फर्केर उपयुक्त पेसा–व्यवसायमा संलग्न हुन अनुरोध गरे।

उनले मुलुकमा स्थिरता र विकासका लागि दुई ठूला दलबीचको सहकार्यमा वर्तमान सरकार बनेको स्पष्ट पार्दै, समयअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए।

प्रधानमन्त्री ओलीले विषम परिस्थितिमा समेत राजनीतिक निकास र स्थायित्व प्रदान गर्दै आएको विगतलाई स्मरण गर्दै आगामी दिनमा पनि त्यस्तै निकास प्रदान गरिने बताए। उनले अहिलेको गठबन्धन वा आफ्नै पार्टीभित्र बाहिर चर्चा भइरहेकोजस्तो कुनै समस्या नरहेको स्पष्ट गरे।




भेटका क्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश समिति संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गाना, म्याड्रिड समिति अध्यक्ष शिवराज सिग्देल र पोर्चुगल अध्यक्ष दीपक क्षेत्री सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...
: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे। दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा ...
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...