मुख्य समाचार
एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने
एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने

— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ ।


बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो ।

दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ । नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो । सिंगापुर भने नेपालकै समूहबाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

समूहचरणमा नेपालसँग पराजित भएको सिंगापुरले बिहीबार हङहङलाई हराउँदै फाइनल खेल नेपालसँगै पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिगांपुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो ।

बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि ९ विकेटको सानदार जित निकाल्यो । पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा १ विकेट मात्र गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि ओपनर परिमार्जन यादवले शानदार अर्धशतक प्रहार गरे । ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्काको सहयोगमा अविजित ५९ रन बनाए ।

तेस्रो नम्बरमा आएका शिवांश बजगाईंले पनि पाँच चौका प्रहार गर्दै अविजित २३ रन बनाए । त्यसअघि ओपनर प्रशिद्ध जैशी १६ बल खेल्दै मात्र दुई रनमा आउट भएका थिए ।




बलिङमा मलेसियाका लागि नागिश्वरण सथकुमारनले १ विकेट लिए । त्यसअघि टस हार्दै मेलेसियाले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै मात्र ९० रन बनाएको थियो ।

समूह ‘ए’को विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो । मलेसिया भने समूह ‘बी’बाट उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भीडन्त पक्का गरेको थियो ।

मलेसियाका लागि मुहम्मद दानिस अदलेयनले सर्वाधिक ३८ रन बनाए । ७१ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीज पात्रोले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।

नेपालका लागि अभय यादवले सर्वाधिक चार विकेट लिए । १० ओभरमा उनले १५ रन खर्चिए । यस्तै शुभम खनालले १० ओभरमा १२ रन खर्चिँदै ३ विकेट लिए । कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम