मुख्य समाचार
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन

— इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्बनका लागि कानुन लागू गर्न आदेश जारी गरेका छन् ।


संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेन्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्बन गर्न आह्वान गरेको बताए ।

पेजेश्कियानले मंगलबार इरानको आणविक ऊर्जा संगठन, इरानी विदेश मन्त्रालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्लाई लेखेको पत्रमा यो आदेश जारी गरे ।

इरानी संसदले गत बुधबार पारित गरेको र भोलिपल्ट संवैधानिक परिषद्ले अनुमोदन गरेको कानुन संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानको राष्ट्रिय सार्वभौमिकताको उल्लङ्घन र देशको क्षेत्रीय अखण्डता साथै शान्तिपूर्ण आणविक सुविधाहरूमाथिको आक्रमणका कारण लागू गरिएको हो ।

जुन १३ मा, इजरायलले इरानका आणविक तथा सैन्य स्थलहरूसहित धेरै क्षेत्रहरूमा ठूला हवाई आक्रमणहरू गरेको थियो । जसमा वरिष्ठ कमाण्डरहरू, आणविक वैज्ञानिकहरू र धेरै नागरिकहरू मारिएका थिए ।

इरानले इजरायलमा धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरूको जवाफ दिएको थियो । जुन २२ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले तीन इरानी आणविक स्थलहरू–फोर्डो, नातान्ज र एस्फहानमा हवाई आक्रमण गरेको बताए ।

प्रतिक्रियामा इरानले कतारमा रहेको अमेरिकी अल उदेइद हवाई अड्डामा क्षेप्यास्त्र आक्रमणहरू गरेको थियो । १२ दिनको लडाइँपछि, जुन २४ मा इरान र इजरायल बीच युद्धविराम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप