मुख्य समाचार
लिभरपुलले डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा
लिभरपुलले डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा

। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन ।

क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’


गत अप्रिलमा भएको मर्सीसाइड डर्बीमा कोप स्ट्यान्ड अगाडि जोटाले गरेको गोल उनको जीवनको अन्तिम गोल बन्यो, जुन भावुक क्षण क्लब र समर्थकहरूका लागि स्मरणीय बनेको छ।

२८ वर्षीय जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे सिल्भाको स्पेनमा भएको कार दुर्घटनामा मृत्यु भएको हो। यस घटनापछि समग्र फुटबल क्षेत्र शोकमा छ ।


पोर्चुगलको सानो सहर गोन्डोमारबाट फुटबल खेल्न थालेका जोटाको करियर सुरुवात पासोस डे फेरेराको यूथ एकेडेमीबाट भएको थियो । सन् २०१६ मा एट्लेटिको मड्रिड पुगेपछि उनले पोर्टोमा लोनमा खेले, त्यसपछि वुल्भ्स हुँदै लिभरपुल आइपुगेका थिए ।

लिभरपुलमा उनले एफए कप, लिग कपसहित सन् २०२४/२५ सिजनको प्रिमियर लिगकै उपाधि पनि जिते। पोर्चुगलका लागि पनि उनले सन् २०१९ र २०२५ को युएफा नेसन्स लिग जिते।

लिभरपुलले अहिलेसम्म कुनै पनि खेलाडीको सम्मानमा जर्सी नम्बर अवकाश दिएको थिएन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...