मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर

: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।



डोल्पाको तत्कालीन दुनै गाविसमा हुँदै नभएको दुर्गा प्राथमिक विद्यालय खडा गरी भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ। सो विषयमा उजुरी परेपछि अख्तियारले स्थलगतरूपमा अनुसन्धान गरेको थियो। तर, दुनै गाविस वडा २ र ३ मा कुनै पनि विद्यालय सञ्चालन नरहेको जानकारी पाएको थियो। शान्ति तथा पुननिर्माण मन्त्रालयबाट पनि कुनै रकम नआएको र भवन पनि नबनेकेको अनुसन्धानमा पत्ता लागेको अख्तियारको भनाइ छ।



उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम उक्त ऐनलको उपदफा (१) को देहाय (ङ) र दफा ३ उपदफा (१) देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदाफ (१) बमोजिम बिगो बमोजिम जरिवाजा गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल्न माग दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले नेपालको उड्डयन क्षेत्रमा विश्वास पुनर्स्थापना गर्नु नेपाल र ईयू दुवैको साझा उद्देश्य भएको बताएकी छन् । उनले नेपाललाई ईयूको एयर सेफ्टी सूचीबाट हटाउन उड्डयन सुरक्षासम्बन्धी सुधारमा ठोस प्रगति आवश्यक रहेको पनि उल्लेख गरिन् । मे २६ मा नेपाल भ्रमणमा रहेका ईयू सदस्य राष्ट्रका मिसन प्रमुखहरूसँग आयोजित ...
। प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार कोषमा थन्किएको रकम तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पुनले कोषमा अर्बौँ रुपैयाँ मौज्दात रहे पनि सरकारले खर्च गर्न नसक्दा ग्रामीण जनता सञ्चार सुविधाबाट बञ्चित हुनुपरेको बताए । ‘गाउँगाउँमा इन्टरनेट र टेलिफोन ...
। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिएको पुष्टि गरे । उनका अनुसार यो अनुमति ८ जेठमै दिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्सका डीएसपी हरिबहादुर बस्नेतले मेयर सिंहविरुद्ध ...
। सङ्खुवासभा मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला परेका छन् । मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर सम्पर्कविहीन भएका थिए । पथप्रदर्शक शेर्पाको शव सोमबार मकालु हाइ क्याम्प क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी नायव ...
। सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डीएसपी सरोज राईका अनुसार सोमबार दिउँसो करिब ४ बजे सीमा स्तम्भ नम्बर ३१७/२ देखि करिब ५० मिटर पूर्वतर्फ दशगजाको डिलमा नेपालतर्फ अन्दाजी ५० वर्ष उमेरका पुरुषको शव फेला परेको हो । मृतकको ...