मुख्य समाचार
लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो
लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो

। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो ।

डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा थियो। तर लिभरपुलले हार मानेन। कोडी गाक्पोले बराबरी गोल गरे, तर फेरि फुलहामले अग्रता लियो।




त्यसपछि ८६औं मिनेटमा पोर्चुगिज स्टार डियोगो जोटाले डिफेन्डरहरूलाई छलेर शानदार गोल गर्दै लिभरपुलको हार टारेका थिए । त्यो गोललाई एन्फिल्डमा उपाधि जितेझैं खुसी मनाइयो। त्यसयता लिभरपुलको यात्राबारे त सबै जानकार छन् ।

आजसम्म पनि लिभरपुलका समर्थकहरू लिगको उपाधि जितेको खुसी मनाइरहेका बेला अचानक एउटा दु:खद खबर आयो जसले सारा माहोल शोकाकुल बनायो, फुटबल जगत् स्तब्ध भयो, लिभरपुलको उपाधि यात्राका एक महत्वपूर्ण हिस्सा रहेका जोटा अब संसारमा रहेनन्।



२८ वर्षकै उमेरमा संसारबाट बिदा भएका जोटाले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप, लिग कप जितेका थिए। उनले पोर्चुगलका लागि अघिल्लो महिना भएको यूएईएफए नेसन्स लिग फुटबल पनि दोस्रोपटक जिते ।

यसरी पोर्चुगको सानो सहर गोंडोमारदेखि सुरु भएर ऐतिहासिक एन्फिल्डसम्मको उनको यात्रा स्पेनको सडकमा पुगेर टुंगिएको छ । कार दुर्घटनामा परी अल्पायूमै अस्ताएका जोटाको निधनले विश्व फुटबलमा गहिरो शोक छाएको छ, फुटबलले एउटा चम्किलो तारा नै गुमाएको छ ।

गोंडोमारदेखि एनफिल्डसम्म

पोर्चुगलको सानो सहर गोंडोमारबाट फुटबल करियर सुरु गरेका उनी कुनै ठूलो एकेडेमीबाट आएका खेलाडी होइनन् । क्लब गोंडोमार एफसीबाट १० वर्ष खेलेका उनका लागि त्यसपछि महत्वपूर्ण खुड्किलाहरू नजिकिँदै थिए ।

मासिक २० यूरो आफैं तिरेर प्रशिक्षण गर्ने गरेका जोटा त्यसपछि पाकोस डे फेरेर क्लबको युथ टोलीमा समावेश भए जसपछि उनलाई सोही क्लबको सिनियर टोलीमा पनि समावेश गरियो ।

सन् २०१६ मा एट्लेटिकोमा अनुबन्ध भएपनि लगत्तै लोनमा पोर्टो एफसी गए जहाँ २७ खेल खेल्दा ८ गोल गरे । त्यसपछि उनी इंग्लिस फुटबलको दोस्रो डिभिजनमा रहेको वुल्भ्समा लोनमा गए जहाँ राम्रो प्रदर्शन गर्दै टोलीलाई प्रिमियर लिगमा नै बढूवा गर्न महत्वपूर्ण प्रदर्शन गरेका थिए । त्यसबेलासम्म उनको वुल्भ्ससँग स्थायी सम्झौता नै भइसकेको थियो ।


वुल्भ्सबाट खेल्दा जोटा
सन् २०१९ मा उनले लेस्टर सिटीविरुद्ध प्रिमियर लिगको आफ्नो पहिलो ह्याट्रिक गरे, क्रिस्टियानो रोनाल्डोपछि प्रिमियर लिगमा ह्याट्रिक गर्ने उनी दोस्रो पोर्चुगिज खेलाडी बने।

२०२० मा जोटा लिभरपुल आए। पहिलो १० खेलमा ७ गोल गरे र तुरुन्तै समर्थकको मन जिते। लिभरपुलले उनको लागि ४१ मिलियन पाउन्ड खर्च गर्‍यो, जुन लगानी उचित देखियो। त्यसपछि चोटका कारण संघर्ष गर्नुपरे पनि उनी लिभरपुलका लागि भ्यालुएबल प्लेयरका रूपमा स्थापित हुँदै गएका थिए ।

लिभरपुलबाट खेलेको पहिलो प्रिमियर लिग खेलमै गोल गरेका उनले च्याम्पियन्स लिगमा अटलान्टाविरुद्ध ह्याट्रिक पनि गरे। चोटका कारण केही महिना गुमाए तापनि पहिलो सिजनमा राम्रो प्रदर्शन गर्दा लिभरपुललाई तेस्रो स्थानमा पुर्‍याउन भूमिका खेले।

त्यसयता उनले युरोपियन च्याम्पियन्स लिगको फाइनल पनि खेले जहाँ रियल मड्रिडसँग पराजित हुँदा उपाधि भने जित्न पाएनन् । उनले लिभरपुलका लागि २ पटक लिग कप, १ पटक एफए कप तथा गत सिजनको प्रिमियर लिग उपाधि जिते ।


प्रिमियर लिगको उपाधिका साथ जोटा
तीव्र गतिको खेलशैली प्रस्तुत गर्ने जोटा एक निडर स्ट्राइकर थिए भन्न मिल्छ । उनी केवल स्ट्राइकर मात्र नभएर लिभरपुलको प्रणालीमा घुलमिल भएका प्रमुख खेलाडी थिए।

यसरी गोंडोमारबाट सुरु भएको उनको फुटबल यात्रा उच्चस्तरीय युरोपियन क्लब लिभरपुलमा पुगेर अन्त्य भयो । यसबीचमा उनले हासिल गरेको सफलताले उनलाई विश्व फुटबलमा स्टारको रूपमा स्थापित गरिसकेको थियो ।

सुरुवातमै अन्त्य भएको नयाँ जीवनको यात्रा

१२ दिनअघि अर्थात् जुन २२ मा मात्रै जोटाले आफ्नो बाल्यकालदेखिको माया रुटे कार्डोसोसँग विवाह गरे। १० वर्षभन्दा बढी समय सँगै रहेका उनीहरूले तेस्रो सन्तान आउँदैछ भन्ने खुसी पनि सँगै बाँडेका थिए । सामाजिक सञ्जालमा उनीहरूको हाँसीखुसी तस्बिर भाइरल भएका थिए ।

तर जुलाई ३ को विहानीमै त्यो सपना चकनाचुर भयो। स्पेनको ए-५२ सडकमा भएको कार दुर्घटनामा परी जोटा र उनका भाइको निधन भयो। प्रहरीको रिपोर्ट अनुसार उनको लाम्बोर्गिनी गाडीले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भई आगो लाग्दा दुवैको प्राण त्यहीँ अन्त्य भयो।

जोटाकी पत्नी र तीन सन्तान एक्लिए । यसरी नयाँ जीवनको सुरुवात पनि राम्रो हुन नपाइ उनको जीवन नै समाप्त भइदियो ।


दुर्घटनाग्रस्त कार
फुटबल संसार शोकमा

जोटाको निधनको खबरले यतिबेला सारा फुटबल जगत स्तब्ध छ । लिभरपुल र पोर्चुगल मात्र नभएर सम्पूर्ण फुटबलप्रेमीहरू शोकमा छन्। उनले केही दिन अघि मात्र क्लबलाई लिग उपाधि जित्न मद्दत गरेका थिए । तर अब उनी हामीमाझ नरहेको भन्ने कुरा पत्याउन गाह्रो छ।

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्वास गर्न गाह्रो भइरहेको बताएका छन् । फ्यानेखि खेलाडी तथा विभिन्न क्लबहरू सबैले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।


क्रिस्टियानो रोनाल्डोसँग जोटा
लिभरपुलका समर्थकका लागि उनले दिएको खुसी अमूल्य थियो। पोर्चुगलका लागि उनी आशाको प्रतीक थिए। जसले उनलाई हरेक साताको खेलमा हेर्थे – त्यो मुस्कान, त्यो गोल मनाउने शैली, त्यो फुटबलको जादु, आज उनीहरू सबै नि:शब्द छन् ।

गोंडोमारको सानो गल्लीबाट सुरु भएर एन्फिल्डको प्रकाशमा चम्किएको त्यो जीवन आज अँध्यारोमा हराएको छ । उनका सम्झना, उपलब्धि, गोलहरू र उनका लागि गाइएको गीत सधैं जीवित रहनेछ। जहाँ कहीँ उनको कथा सुनिन्छ, एउटा कुरा सधैं गुञ्जिरहनेछ: ‘यू विल नेभर वाल्क अलोन’ अर्थात् तिमी कहिल्यै पनि एक्लो हुने छैनौ ।

हार्दिक श्रद्धाञ्जली !!!

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम