: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने छ।
ट्रम्पले सामाजिक सञ्जालमा यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क नलगाउने भनेका छन्।
यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो।
युरोपेली संघ र जापान लगायत दर्जनौँ देश हाल अमेरिकी भन्सार लागू हुनुभन्दा पहिले अमेरिकासँग व्यापार सम्झौता गर्न प्रयासरत छन्।
ट्यारिफ भनेको आयातमा लगाइएको शुल्क हो। यो अर्को देशबाट सामान आयात गर्ने कम्पनीले तिर्छ।