मुख्य समाचार
अपहरण र डकैतीको आरोपमा वाईसीएलका नेता पक्राउ
अपहरण र डकैतीको आरोपमा वाईसीएलका नेता पक्राउ

: विराटनगरमा भएको अपहरण र डकैतीको घटनामा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का नेता कुशल पाण्डे मुछिएका छन् ।



पाण्डेकै योजनामा अपहरण र डकैती भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । घटना गराएको आरोपमा वाईसीएल विराटनगरका पूर्वसदस्य पाण्डेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो । उनी बुधबार पक्राउ परेका हुन् ।



विराटनगर महानगरपालिका–११ घर भएका २६ वर्षीय पाण्डेविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले अदालतबाट बिहीबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउनेछ । उक्त अपहरण र डकैतीमा संलग्न दुईजना गत आइतबार नै पक्राउ परिसकेका छन् । विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी यसअघि पक्राउ परेका हुन् ।



उनीहरूमाथि शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनापछि भागिरहेका वाईसीएलका नेता पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो । प्रहरीका अनुसार आफूलाई प्रहरी बताउने तीनजनाको समूहले असार ११ गते बिहान ११:१५ बजेतिर विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको थियो । त्यो समूहले विक्रमलाई सुरुमा विराटनगर–१३ को महतो टोलबाट अपहरण गरेको हो ।

मोटरसाइकल र स्कुटरमा रहेका तीनजनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै विराटनगर–१४ जतुवा पुर्‍याएर रकम लुटपाट गरी उनलाई छाडिदिएको थियो । भिनाजु विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपैयाँ लिएर बैंकमा जम्मा गर्न जाँदै विक्रम अपहरणमा परेका थिए ।

अपहरण गरेर साथमा भएको रकम डकैती गरेपछि त्यो समूहले उनलाई छाडेको थियो । हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं,अनुसन्धान गर्नुछ,भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर उनलाई लगेका थिए । त्यसपछि एकान्तस्थलमा पुर्‍याएर लुटपाट गरिएको थियो ।

हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले विक्रमको साथमा भएको रकम लुटपाट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । ‘यो घटनाको मुख्य योजनाकार कुशल पाण्डे हुन् । पाण्डेले योजना बनाएपछि अरु दुई जनाले सहयोग गरेको देखिन्छ । घटनापछि उनी भागिरहेका थिए । पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ । थप कुरा अनुसन्धानबाट खुल्दै जान्छ,’ प्रहरी स्रोतले भन्यो ।

घटनामा पाण्डेले प्रयोग गरेर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले दिए । उनले भने,‘अपहरण र डकैती गम्भीर घटना हो । यसमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असार मसान्तसम्म सम्भावित उम्मेदवारको सूची पठाउन निर्देश गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, निर्वाचनका ...
। नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकाले प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पूर्वमुख्यमन्त्री राईले माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकोबारे प्रष्ट हुनुपर्ने तर्क गरेका थिए । ‘केपी ओली प्रधानमन्त्री छन्, उनको नेतृत्वमा यस्तो काम (प्रतिशोध साँध्ने) हुन्छ भन्नेमा हामी प्रष्ट हुनुपर्छ, भ्रममा पर्नु हुँदैन’, राईले ...
७५ करोड लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमै रहेको बताएका छन्। राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा उनले यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन तयारीमा रहेको बताएका हुन्। उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई ...
। नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको ...