मुख्य समाचार
दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस
दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस

: दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ। यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन्।



बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्।



अधिकारीहरूले कतैबाट कुनै क्षतिको समाचार नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताए। तर आवश्यक परेमा मानिसहरूलाई तयार रहन भनिएको छ।



‘रातमा यहाँ सुत्न धेरै डरलाग्दो भएको छ,’ एक स्थानीय बासिन्दाले क्षेत्रीय प्रसारक एमबीसीलाई भने,‘यस्तो लाग्छ कि घर सधैँ हल्लिरहेको छ।’

जापान विश्वको सबैभन्दा भूकम्पीय सक्रिय देश मध्ये एक हो। यहाँ हरेक वर्ष करिब १,५०० भूकम्प जान्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...