मुख्य समाचार
सपना प्रधान मल्लले गम्भिर प्रकृतिको विवादमा समयमा न्यायनिरुपण हुन नसकेको बताउँदै आत्मालोचना
सपना प्रधान मल्लले गम्भिर प्रकृतिको विवादमा समयमा न्यायनिरुपण हुन नसकेको बताउँदै आत्मालोचना

। सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गम्भिर प्रकृतिको विवादमा समयमा न्यायनिरुपण हुन नसकेको बताउँदै आत्मालोचना गरेकी छन् ।

५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको फैसलामा आफ्नो फरक राय लेख्दै न्यायाधीश प्रधानले संवैधानिक इजलासको सदस्यको हैसियतले आत्मालोचना गरेकी हुन् ।




‘न्यायको याचिकाहरूलाई आशाको ज्योति जगाउन अनुचित विलम्ब हुँदैन भन्ने आश्वासित गर्न जरुरी छ’, उनले आफ्नो फरक रायमा भनेकी छन्, ‘आफ्नै सतर्कताको निमित्त यस्तो प्रकृति दोहोरिन दिनु हुँदैन भनी यो आत्मलोचना गरेको छु ।’

सबै संवैधानिक आयोगको नियुक्तिको वैधानिकतामा प्रश्न उठाइएको विषयमा ढिलोगरी मात्रै न्यायनिरुपण भएको भन्दै उनले त्यसको असरले संवैधानिक निकायका पदाधिकारीहरुले काम गर्न नसकेको र अदालत पनि जिम्मेवार नभएजस्तो देखिएको औंल्याएकी हुन् ।



उनले प्राथमिकताका साथ समयमै निर्णय हुनुपर्ने विषय साढे चार वर्षसम्म अलपत्र परेको भन्दै त्यसले अदालतको दायित्वबोध र जिम्मेवारीमा पनि प्रश्न उठेको बताइन् ।

उनले आफ्नो रायमा भनेकी छन्, ‘निर्णय समयमा गरेको भए वान्छित अवान्छित परिणाम जे आएपनि अनिश्चित प्रक्रिया र परिणाम लामो समयसम्म रहँदैन थियो ।’

संवैधानिक निकायलाई राज्यको कामकारवाहीको पहरेदार समेत मानिन्छ । त्यही मान्यतालाई अघि सार्दैै उनले विवाद लामो समय विचाराधीन हुनुलाई असहज मानेकी हुन् ।

नियुक्तीको साढे ४ वर्ष बितिसकेपछि मात्रै संवैधानिक इजलासले मुद्दाको सुनुवाई गर्ने अवस्था आएको भन्दै उनले आदेशमा अहिलेको अवस्थामा भने न्यायिक संयमता आवश्यक हुने सुझाव दिएकी छन् ।

’यस्तो अवस्थामा न्यायपालिकाले अत्यन्त संयमता र गम्भीरता अपनाएर निष्कर्षमा पुग्न जरुरी देखिन्छ’, उनले रायमा भनेकी छन्, ‘राज्यलाई अन्यौलतातर्फ भन्दा क्रियाशील बनाउन लामो समय अनिर्णय र अनिश्चितताको अवस्थाबाट मुक्त गर्न आवश्यक छ ।’

उनले आफ्नो रायमा यति लामो समय काम गरिसकेका संवैधानिक पदाधिकारीहरुलाई पदमुक्त गर्दा राज्य अन्यौल र अनिश्चततातर्फ जानसक्ने जोखिम औल्याउँदै संयमताको वकालत गरेकी हुन् ।

रायमै उनले शुरुमै मुद्दा टुंगिएको भए ‘जे जस्तो परिणाम आएपनि लामो समय अन्यौलता कायम रहने थिएन’, भन्ने अनुमान गरेकी हुन् ।

मंसीर, २०७७ र जेठ, २०७७ मा गरी ओली सरकारका पालामा ५२ संवैधानिक पदाधिकारीहरु सिफारिस भएका थिए ।

अध्यादेशका आधारमा बसेको संवैधानिक परिषद्‌को बैठकले उनीहरुको सिफारिस गरेको थियो । दुईपटक नै प्रतिनिधिसभा विघटन भएकाले उनीहरुको संसदीय सुनुवाई हुन सकेको थिएन ।

त्यतिबेला परेको मुद्दा सर्वोच्च अदालतमा साढे ४ वर्षसम्म लम्बिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग, उनीपछि कामू प्रधानन्यायाधीश दिपककुमार कार्की, प्रधानन्यायाधीशहरु हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकालभर समेत ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दा सुनुवाई हुन सकेन ।

गत माघदेखि मात्रै मुद्दाको सुनुवाई भई साढे ४ महिनापछि फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असार मसान्तसम्म सम्भावित उम्मेदवारको सूची पठाउन निर्देश गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, निर्वाचनका ...
। नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकाले प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पूर्वमुख्यमन्त्री राईले माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकोबारे प्रष्ट हुनुपर्ने तर्क गरेका थिए । ‘केपी ओली प्रधानमन्त्री छन्, उनको नेतृत्वमा यस्तो काम (प्रतिशोध साँध्ने) हुन्छ भन्नेमा हामी प्रष्ट हुनुपर्छ, भ्रममा पर्नु हुँदैन’, राईले ...
७५ करोड लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमै रहेको बताएका छन्। राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा उनले यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन तयारीमा रहेको बताएका हुन्। उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई ...
। नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको ...