मुख्य समाचार
ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा
ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।

उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ।




ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्, ‘यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।’

यसअघि अमेरिका भियतनामबाट आयात हुने वस्तुहरूमा ४६ प्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको थियो, जुन जुलाईको दोस्रो सातादेखि लागु गरिनुपर्ने थियो।



हाल यूरोपेली संघ, जापानलगायत दर्जनौं देशहरू अमेरिकाको भन्सार शुल्क वृद्धि नीतिको प्रभाव लागु हुनु अघि नै अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन्।

बेलायत र चीनसँगको सम्झौपछिको यो तेस्रो व्यापार सम्झौता हो, जुन आगामी जुलाई ९ को समयसीमाभित्र गरिन लागेको हो।

ट्रम्पले पहिलोपटक यो समाचार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत सार्वजनिक गर्दै लेखे, ‘मैले भर्खरै भियतनामसँग व्यापार सम्झौता गरें। थप विवरण चाँडै आउनेछ !’

पछि उनले सम्झौताका सर्तहरू स्पष्ट पार्दै भियतनामले अमेरिका पठाउने सम्पूर्ण वस्तुहरूमा २० प्रतिशत ट्यारिफ तिर्ने र ट्रान्सशिपिङ अर्थात् अरू मुलुक हुँदै पठाइएका सामानहरूमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने उल्लेख गरेका छन् ।

यसको सट्टामा अमेरिकी सामानहरूमा भियतनामले कुनै शुल्क नलागाउने र अमेरिकालाई पूर्ण बजार पहुँच दिने सहमति भएको उनले स्पष्ट पारेका छन्।

ट्रम्पले लेखेका छन्, ‘कम्युनिस्ट पार्टी अफ भियतनामका महासचिव तो लामसँग कुराकानी गरेपछि मैले भर्खरै समाजवादी गणराज्य भियतनामसँग व्यापार सम्झौता गरेको घोषणा गर्न पाउँदा ठूलो गौरवको महसुस गरेको छु। यो सम्झौता दुई देशबीच सहयोगको महान अध्याय हुनेछ।’

उनले महासचिव तो लामसँग प्रत्यक्ष छलफल गर्नु ‘एकदमै सुखद अनुभव’ रहेको उल्लेख गरे।

यो समाचार सार्वजनिक भएपछि सुरुमा अमेरिकी शेयर बजारमा सकारात्मक असर देखिएको थियो। खुद्रा व्यवसायमा संलग्न केही कम्पनीका शेयरहरू उकालो लागेका थिए । तर, सम्झौताका विस्तृत सर्तहरू सार्वजनिक भएपछि यी सबै शेयरहरूले आफ्नो लाभ गुमाए र घट्न थाले।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप