मुख्य समाचार
मुस्लिम धर्मावलम्बीको पर्व मोहर्रमा निकालिने ‘ताजिया’ अर्थात ‘दाहा’डिजे र हतियारको प्रदर्शन निषेध गरिने
मुस्लिम धर्मावलम्बीको पर्व मोहर्रमा निकालिने ‘ताजिया’ अर्थात ‘दाहा’डिजे र हतियारको प्रदर्शन निषेध गरिने

: मुस्लिम धर्मावलम्बीको पर्व मोहर्रमा निकालिने ‘ताजिया’ अर्थात ‘दाहा’डिजे र हतियारको प्रदर्शन निषेध गरिने भएको छ। वीरगन्जमा यही असार २२ गते हुने ‘दाहा’लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि बिहीबार वीरगन्ज महानगरका मेयर, जिल्लाका सुरक्षा निकायका प्रमुख र मुस्लिम अगुवाहरू बीच आज छलफल भएको छ।



वीरगन्ज महानगरमा भएको छलफलमा ‘ताजिया’ अर्थात ‘दाहा’लाई लक्षित गरी विभिन्न ६ बुँदे निर्णय गरिएको छ। बैठकले असार २२ गते आइतबार परेको ‘ताजिया’ अर्थात ‘दाहा’का दिन वीरगन्जका विभिन्न वडाबाट निकालिने ताजियालाई घण्टाघरमा जम्मा हुन दिने,प्रत्येक वडाबाट निकालिने ताजियाका लागि संयोजन टोली गठन गरी असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने, ताजिया निकाल्दा हातहतियार र डिजेको प्रयोग पूर्ण रूपमा निषेध गर्ने,बालबालिकालाई ताजियामा सहभागी नगराउने, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्ने /नगराउने , वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको संयोजकत्वमा एक मुस्लिम समुदायका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित अनुगमन समिति गठन गर्ने तथा कार्यक्रमको सम्पूर्ण सुरक्षा स्थानीय प्रहरी प्रशासनले गर्ने निर्णय गरेको हो।



गत चैत २८ गते हनुमान जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभा यात्राका क्रममा भएको तनावपूर्ण अवस्थाको पुनरावृत्ति रोक्न स्थानीय सरकार र सुरक्षा निकायहरू यसपटक गम्भीर र सतर्क देखिएका हुन्। धार्मिक सद्‌भावमा असर पार्ने गतिविधिबाट शिक्षा लिँदै, मुस्लिम समुदायको महत्वपूर्ण पर्व ‘ताजिया’ (दाहा)लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सरोकारवालाहरूबीच छलफल गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असार मसान्तसम्म सम्भावित उम्मेदवारको सूची पठाउन निर्देश गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, निर्वाचनका ...
। नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकाले प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पूर्वमुख्यमन्त्री राईले माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकोबारे प्रष्ट हुनुपर्ने तर्क गरेका थिए । ‘केपी ओली प्रधानमन्त्री छन्, उनको नेतृत्वमा यस्तो काम (प्रतिशोध साँध्ने) हुन्छ भन्नेमा हामी प्रष्ट हुनुपर्छ, भ्रममा पर्नु हुँदैन’, राईले ...
७५ करोड लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमै रहेको बताएका छन्। राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा उनले यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन तयारीमा रहेको बताएका हुन्। उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई ...
। नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको ...