मुख्य समाचार
मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन
मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन

। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त सडक खण्डको भौतिक प्रगति नगन्य मात्रामा रहेको र हालसम्म पनि र्ट्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर यथाशक्य छिटो उक्त सडक निर्माण कार्य सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।




त्यस्तै समितिले मध्यपहाडी राजमार्गमा अन्य विभिन्न खण्डमा पर्ने कामलाई तीव्रता दिने र बाटोको गुणस्तर सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिन समेत मन्त्रालयलाई निर्देश गरेको छ ।

बैठकले भेरी नदीमाथि पुल निर्माणका लागि २०७७ सालमा टेण्डर भएको भएता पनि हालसम्म निर्माण सम्पन्न नभएका कारण जनतालाई असुविधान भएकाले टेन्डर प्रक्रियामा उपयुक्त विकल्प खोज्दै आगामी आर्थिक बर्षभित्र उक्त पुल निर्माण सम्पन्न गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिए ।



बैठकमा समिति सदस्यहरुले दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तारकार्य यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असार मसान्तसम्म सम्भावित उम्मेदवारको सूची पठाउन निर्देश गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, निर्वाचनका ...
। नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकाले प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पूर्वमुख्यमन्त्री राईले माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकोबारे प्रष्ट हुनुपर्ने तर्क गरेका थिए । ‘केपी ओली प्रधानमन्त्री छन्, उनको नेतृत्वमा यस्तो काम (प्रतिशोध साँध्ने) हुन्छ भन्नेमा हामी प्रष्ट हुनुपर्छ, भ्रममा पर्नु हुँदैन’, राईले ...
७५ करोड लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमै रहेको बताएका छन्। राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा उनले यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन तयारीमा रहेको बताएका हुन्। उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई ...
। नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको ...