मुख्य समाचार
भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित
भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

। भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।




उक्त प्रस्ताव पेस गर्नुहुँदै अर्थमन्त्री पौडेलले नयाँ कानुन कार्यान्वयनपछि भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग बढाउने, भन्सार जाँचपास छिटोछरितो र प्रभावकारी ढङ्गले काम गर्न सकिने विश्वास व्यक्त गरे ।

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।





नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गनठको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधान सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ ।

त्यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । यो ऐन प्रमाणीकरण भएको मितिले ९१औँ दिनदेखि लागू हुनेछ ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते शुक्रबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) को प्रक्रिया रोक्न दिएको अन्तरकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खरेज गरेपछि उक्त प्रक्रिया अब पुनः शुरु हुने भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सरकारले विस्तारित कर्जा सुविधा लिँदा १० वाणिज्य बैंकको एलपीआर (पूर्ण लेखापरीक्षण) गर्न पर्ने भनेको ...
। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने तर्क गरेका छन् । बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्र्राष्ट्रिय प्रचलनअनुसार कानुनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन् । सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन्। प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए।
। विद्युतीय माध्यमबाट सामान वा सेवा कारोबार गर्ने व्यवसायी अब वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको छ । विभागले बिहीबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सामान वा सेवा कारोबार गर्ने व्यवसायीलाई आफ्नो व्यवसाय अनिवार्य २ साउनभित्र दर्ता गर्न आग्रह गरेको छ । सूचना प्रविधि प्रयोग गरेर हुने किनबेच नियमन ...
: विराटनगरमा भएको अपहरण र डकैतीको घटनामा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का नेता कुशल पाण्डे मुछिएका छन् । पाण्डेकै योजनामा अपहरण र डकैती भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । घटना गराएको आरोपमा वाईसीएल विराटनगरका पूर्वसदस्य पाण्डेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो । उनी बुधबार पक्राउ ...