मुख्य समाचार
गल्ती देखियो भने जस्तोसुकै सजाय भोग्न तयार छु : रामहरि खतिवडा
गल्ती देखियो भने जस्तोसुकै सजाय भोग्न तयार छु : रामहरि खतिवडा

। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीमा आफ्नो संलग्नता रहे जस्तोसुकै सजाय भोग्न पनि तयार भएको बताएका छन् ।

बुधबार समितिको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।




‘यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु’ सभापति खतिवडाले भने, ‘गल्ती देखियो भने रामहरि खतिवडा जस्तोसुकै सजाय भागी बन्न तयार छु ।’
साथै, उनले निजामती विधेयकको कुनै पनि इस्यूमा समितिको कार्यअधिकार भन्दा बाहेकमा रहेर कहिल्यै पनि कुनै शब्द नथपेको बताए ।

‘कुनै पनि इस्यूमा समितिको कार्यभन्दा बाहेक मैले थपेको भनेको ‘राजीनामा दिएपछि’ र ‘अन्य सरकारी’ भन्दा बाहेक केही थिएन,’ उनले भने ।



उनले आफ्नो राजनीतिलाई नै सक्ने गरी समितिका काममाथि प्रश्न उठाउने काम भएको बताए ।

‘राजनीतिमा कसैको निगाहबाट आएको होइन । मेरो बाउ शहीद भएर पनि आएको होइन चन्दा दिएर पनि आएको होइन’ खतिवडाले भने, ‘राजनीतिमा दु:ख गरेर आएको हुँ । निष्ठा र प्रतिष्ठसँग म आज पनि दृढ छु । ममाथि आक्रमण प्रहार भएको छ ।’

उनले आफू मात्रै नभई संसद्माथिकै प्रहार भएको पनि बताए ।

आफ्नो समितिले विभिन्न ठूला उपलब्धि गरेको भए पनि यसपटकको यो विषयलाई लिएर खुइल्याउने काम हुन थालेको पनि बताए ।

‘कतिपय निजामती कर्मचारीको काम र प्रतिष्ठा हेरेर हामीलाई गर्व लाग्छ । कतिपय कर्मचारी आफू मात्रै खाऔं भन्ने खालको पनि हुनुहन्छ । त्यसलाई कन्ट्रोल गर्नका लागि पनि हामीले कुलिङ पिरियड ल्यायौं,’ खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैंयासहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । भारत बाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका ...
: नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ। पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएका हुन्। यसअघि बिहीबार पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको विषय निराधार भएको बताएकी थिइन्। उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । जिल्ला कार्यसमितिले उम्मेदवारको सूची ...
: युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललिपतुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो। प्रभाषले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा ...
: गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले चितवन निवासी ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार राईलाई ललितपुरको बाडेगाउँमा पक्राउ गरिएको हो। सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट र गालीगलौज गरेको आरोपमा गायिका चौहानले हालै साइबर ब्युरोमा उजुर दिएकी थिइन्। त्यही ...