मुख्य समाचार
नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त रहेको बताए
नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त रहेको बताए

। नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त रहेको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकतामा राखेर प्रचार–प्रसार गर्न सरकारसँग आग्रह गरेका हुन् ।
समिति सदस्य साउदले नेपालको अपार प्राकृतिक र सांस्कृतिक सम्भावनाहरू अझै पनि व्यवस्थित ढंगमा परिचालन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।
‘भौगोलिक रुपमा नेपाल अत्यन्तै सुन्दर र विविधतायुक्त देश हो। यहाँको विशिष्ट पहिचानलाई सुत्रबद्ध गरेर काम गर्न आवश्यक छ,’ उनले भने, ‘हामीसँग पर्यटनमा विविधिकरणका लागि प्रशस्त सम्भावना छन् । तर अझैँ पनि चुनौतीहरूसँग जुध्न सकिएको छैन ।’
नेपालको पर्यटन प्रवर्द्धनमा अझ धेरै नीतिगत स्पष्टता र क्रियाशीलता आवश्यक रहेको सांसद साउदको भनाइ थियो । उनका अनुसार हाल नेपालले आफ्नो लक्ष्यअनुसार पर्यटक संख्या बढाउन सकेको छैन ।
‘२० लाख पर्यटक पुर्‍याउने हाम्रो लक्ष्य हो, तर त्यो पूरा गर्न सकेका छैनौँ,’ साउदले भने, ‘जति हुनुपर्ने हो, त्यति पर्यटक ल्याउनका लागि हामीले थप काम गर्न आवश्यक छ ।’
साउदले काठमाडौं उपत्यकाभित्र मात्रै ४० वटा ट्रेकिङ रुटहरू रहेको उल्लेख गर्दै तीमध्ये धेरै अझै ओझेलमा रहेको बताए । ‘यस्ता पदमार्गहरू र गन्तव्यहरू पहिचान गरी प्रवद्र्धन गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटन मन्त्रालयले यी गन्तव्यहरूको सम्पूर्ण सम्भावनामा काम गर्नुपर्ने बेला आएको छ।’
पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले विश्वका दुई ठूला अर्थतन्त्र र जनसंख्या देश भारत र चीनबाट पर्यटक आकर्षित गर्नका लागि विशेष योजना आवश्यक रहेकोमा जोड दिए ।
‘त्यो जनसंख्याको लाभ लिन हामी चुकेका छौँ । धार्मिक तथा सांस्कृतिक विविधता नेपालको पर्यटनमा अर्को महत्वपूर्ण पक्ष हो,’ उनले भने, ‘हामीसँग बौद्ध र हिन्दु धर्मका सांस्कृतिक सम्पदा छन् । यसलाई सही ढंगले प्रस्तुत गर्न सके हामीले ठूलो संख्यामा पर्यटक ल्याउन सक्छौँ ।’
उनले सडक र हवाई यातायातका अवरोधले पर्यटकलाई असहज बनाउने भएकाले त्यसलाई सुधार गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिए । ‘कतिपय चुनौतीहरू हाम्रो पूर्वाधारले सिर्जना गरेका छन्,’ साउदले भने, ‘त्यसमा सुधार नगरी पर्यटकको अनुभव राम्रो बनाउँन सकिन्न ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असार मसान्तसम्म सम्भावित उम्मेदवारको सूची पठाउन निर्देश गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, निर्वाचनका ...
। नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकाले प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पूर्वमुख्यमन्त्री राईले माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकोबारे प्रष्ट हुनुपर्ने तर्क गरेका थिए । ‘केपी ओली प्रधानमन्त्री छन्, उनको नेतृत्वमा यस्तो काम (प्रतिशोध साँध्ने) हुन्छ भन्नेमा हामी प्रष्ट हुनुपर्छ, भ्रममा पर्नु हुँदैन’, राईले ...
७५ करोड लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमै रहेको बताएका छन्। राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा उनले यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन तयारीमा रहेको बताएका हुन्। उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई ...
। नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको ...