मुख्य समाचार
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ लाई आन्तरिक रोजगारी सिर्जना वर्षका रूपमा मनाउने
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ लाई आन्तरिक रोजगारी सिर्जना वर्षका रूपमा मनाउने

। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ लाई आन्तरिक रोजगारी सिर्जना वर्षका रूपमा मनाउने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले यस्तो जानकारी दिएका हुन् ।




राष्ट्रिय सभामा विनियोजन विधेयक २०८२ का सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै उनले आन्तरिक रोजगारी सिर्जनालाई अभियानका रूपमा मनाउन लागिएको बताए ।

उनले रोजगारीको दीर्घकालीन व्यवस्था नहुने बेलासम्म सबै गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमले अल्पकालीन रोजगारी सिर्जनाको व्यवस्था मिलाइएको मन्त्री भण्डारीले बताए ।



मुलुकको रोजगारीमा विदेशी र विदेशको रोजगारीमा नेपाली जाने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

उनले हालै सरकारले यूएईमा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको समेत जानकारी दिए ।

हरेक दुई वर्षमा न्यूनतम ज्यालादर तोक्ने गरिएकोमा मन्त्रालयले अहिले छलफल गरिरहेको समेत उनले बताए ।

नेपालले थप १३ युरोपेली मुलुकसँग श्रम समझदारी गर्न प्रस्ताव गरेको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असार मसान्तसम्म सम्भावित उम्मेदवारको सूची पठाउन निर्देश गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, निर्वाचनका ...
। नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकाले प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पूर्वमुख्यमन्त्री राईले माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकोबारे प्रष्ट हुनुपर्ने तर्क गरेका थिए । ‘केपी ओली प्रधानमन्त्री छन्, उनको नेतृत्वमा यस्तो काम (प्रतिशोध साँध्ने) हुन्छ भन्नेमा हामी प्रष्ट हुनुपर्छ, भ्रममा पर्नु हुँदैन’, राईले ...
७५ करोड लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमै रहेको बताएका छन्। राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा उनले यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन तयारीमा रहेको बताएका हुन्। उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई ...
। नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको ...