मुख्य समाचार
व्यापारजन्य अवरोध हटाउन नेपाल र बंगलादेशबीच छलफल
व्यापारजन्य अवरोध हटाउन नेपाल र बंगलादेशबीच छलफल

। राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपालका लागि बंलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरबारस्थित आयोगमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको आयोगले जनाएको छ ।




भेटका क्रममा योजना आयोग उपाध्यक्ष अधिकारीले नेपाल र बंगलादेशबीच द्विपक्षीय व्यापारको उच्च सम्भावना रहेको बताए । उनले नेपालका मेडिकल विद्यार्थीले काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्ग प्रयोग गरिरहेको र त्यसमा सहजीकरण गर्न ध्यानाकर्षण गराए ।

भेटमा सन् २०२६ मा नेपाल र बंगलादेश अतिकम विकसित मुलुकबाट सँगै स्तरोन्नति हुन लागेका सन्दर्भमा त्यसबाट सिर्जित हुने चुनौती र अवसरका विषय र नेपालको हिमालय क्षेत्रदेखि बंगलादेशको सामुद्रिक क्षेत्रसम्म सहज व्यापारिक सम्बन्ध स्थापित गर्ने एवं त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको थियो ।



उनीहरूबीच द्विपक्षीय व्यापार पारवहनका क्षेत्रमा गर्नुपर्ने सुधार एवं नेपालको पूर्वी नाका काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गमा रहेका व्यापारजन्य अवरोधमा सहजीकरण गर्नेबारे समेत छलफल भएको छ । नेपाल र बंगलादेशका पर्यटकीय गन्तव्यबीच सहज आवागमन सहजीकरण तथा घरेलु उद्योग–व्यापार सहजीकरण निर्यात प्रवर्द्धनबारे समेत छलफल भएको आयोगले जनाएको छ ।

भेटमा राजदूत रहमानले नेपाल र बंगलादेशबीच व्यापार तथा पारवहनमा सहजीकरण गर्न आग्रह गरे । उनले द्विपक्षीय हितका निम्ति जनतासँग जनता र व्यापारसँग व्यापार सहकार्य आवश्यक रहेको भन्दै बंगलादेशले नेपालबाट थप परिमाणमा विद्युत् आयातमा इच्छुक रहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) को प्रक्रिया रोक्न दिएको अन्तरकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खरेज गरेपछि उक्त प्रक्रिया अब पुनः शुरु हुने भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सरकारले विस्तारित कर्जा सुविधा लिँदा १० वाणिज्य बैंकको एलपीआर (पूर्ण लेखापरीक्षण) गर्न पर्ने भनेको ...
। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने तर्क गरेका छन् । बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्र्राष्ट्रिय प्रचलनअनुसार कानुनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन् । सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन्। प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए।
। विद्युतीय माध्यमबाट सामान वा सेवा कारोबार गर्ने व्यवसायी अब वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको छ । विभागले बिहीबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सामान वा सेवा कारोबार गर्ने व्यवसायीलाई आफ्नो व्यवसाय अनिवार्य २ साउनभित्र दर्ता गर्न आग्रह गरेको छ । सूचना प्रविधि प्रयोग गरेर हुने किनबेच नियमन ...
: विराटनगरमा भएको अपहरण र डकैतीको घटनामा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का नेता कुशल पाण्डे मुछिएका छन् । पाण्डेकै योजनामा अपहरण र डकैती भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । घटना गराएको आरोपमा वाईसीएल विराटनगरका पूर्वसदस्य पाण्डेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो । उनी बुधबार पक्राउ ...