। इरानका नयाँ राष्ट्रपति मासुद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य निलम्बन गर्ने कानुनलाई अनुमोदन गरेका छन्।
इरानको सरकारी टेलिभिजन प्रेस टिभी र अन्य इरानी समाचार एजेन्सीहरूले यो खबरको पुष्टि गरेका छन् ।
गत साता इरानी संसदले उक्त विधेयक पारित गरेको थियो । यस विधेयकले सरकारलाई आईएईएसँगको सहकार्य निलम्बन गर्न कानुनी आधार दिएको छ।
यो निर्णय इजरायल र अमेरिकासँग हालै भएका सैन्य तनावपछि, तेहरान र संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायबीच निरीक्षणको पहुँच र पारदर्शितालाई लिएर बढ्दो विवादबीच आएको हो।
इरानले पछिल्ला वर्षहरूमा आफ्नो आणविक कार्यक्रमबारे पारदर्शिता कायम गर्न आईएईएसँग सीमित सहकार्य गरिरहेको थियो । तर यो निर्णयले दुवै पक्षबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिएको छ ।