मुख्य समाचार
बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट
बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट

। बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो ।

बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् । फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन ।




यो जितसँगै बंगलादेश २ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। बंगलादेशले अब अन्तिम खेलमा तुर्कमेनिस्तानविरुद्ध खेल्न बाँकी छ।

उक्त खेलमा पराजित भएपनि बंगलादेश म्यानमारको ६ अंक पुग्को खण्डमा हेड टू हेडमा अघि रहेर शीर्षमा यथावत् रहनेछ ।



म्यानमारको ३ अंक मात्र छ। अब उसले शनिबार बहराइनसँगको खेल जितेपनि ६ अंक हुनेछ जहाँ बंगलादेशसँग हेड टू हेडमा पछाडि परिसकेको छ ।

बंगलादेश महिला टोलीले यसअघि २०१४ र २०२२ को छनोट चरण पार गर्न सकेको थिएन । यसपटक भने ऐतिहासिक सफलता हात पारेको हो ।

पछिल्लो समय फुटबलमा उल्लेख्य प्रगति गर्दै आएको बंगलादेश नेपालको उपाधि यात्रामा पनि तगारो बन्दै आएको छ ।

बंगलादेशले साफ च्याम्पियनसिप २०२२ र २०२४ को फाइनलमा नेपाललाई हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...