मुख्य समाचार
कुटपिटबाट गम्भीर घाइते भएका २ जनाको मृत्यु
कुटपिटबाट गम्भीर घाइते भएका २ जनाको मृत्यु

। झापाको शिवसताक्षी नगरपालिका-९ का अर्का एक किशोरको पनि कुटपिटबाट मृत्यु भएको छ। योसँगै शिवसताक्षीमा कुटपिटबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

संगम चोक का १५ वर्षीय आदित्य तामाङको पनि मृत्यु भएपछि यो सङ्ख्या दुई पुगेको हो। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा बुधबार दिउँसो आदित्यको मृत्यु भएको हो ।




केही दिनअघि ट्युसन पढेर घर फर्कने क्रममा दुधेको ‌ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आदित्यमाथि कुटपिट गरेका थिए। प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार पहिलोपटक सामान्य कुटपिट गरेपछि ‘जा’ भनेर पठाएका थिए। तर, केही समयपछि पुनः बोलाएर सोही समूहले कुटपिट गरेको थियो ।

कुटपिटपछि आदित्यले परिवारमा घटनाबारे जानकारी गराएका थिएनन् । त्यसैले उनी अस्पताल जान ढिला भएको थियो । कुटपिट भएको भोलिपल्ट आदित्य ट्युसन सेन्टरमा आएनन् तर विद्यालयमा भने उपस्थित भएका थिए ।



विद्यालयमा अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए । त्यसपछि स्वास्थ्य बिग्रँदै गएपछि मात्र उनलाई बिएन्डसी अस्पताल लगिएको थियो । बुधबार दिउँसो उपचारकै क्रममा उनको सोही अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई गत शुक्रबार दिउँसो उपचारका लागि अस्पताल लगिएको थियो।

कुटपिट घटनामा संलग्न भएको आशंकामा स्थानीय प्रहरीले हालसम्म ६ जना किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूले संलग्नता स्वीकार गरेको जनाएको छ। घटनामा अरु पनि संलग्न हुन सक्ने आशंका प्रहरीले गरेको छ।

यसअघि आदित्यका मिल्ने साथी रोमन थापाको पनि आइतबार बिर्ता मोडको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको थियो । रोमन पनि सोही ट्युसन सेन्टरमा आउँथे र आदित्यसँगै देखिन्थे ।

आदित्य राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थी थिए । कुटपिटको भोलिपल्ट विद्यालयमा केही साथीहरूले दोषीमाथि बदला लिनुपर्ने बताएका थिए। तर आदित्यले ‘छोडिदेऊ, झगडा नगरौं’ भनेर साथीहरूलाई सम्झाएको उनको साथीहरूले बताएका छन्।

दुवै मृतक परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् .

-विनोद सापकोटाबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बार काउन्सिलको परीक्षा फाराम भर्न नपाएका विद्यार्थीले भेटे शिक्षामन्त्री
। डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको आरोप छ ...
जर्मनीका लागि नेपाली राजदूतलाई अन्‍य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त
। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त सडक खण्डको भौतिक प्रगति नगन्य मात्रामा रहेको र हालसम्म पनि र्ट्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर यथाशक्य छिटो उक्त सडक निर्माण कार्य ...
। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे-लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले विलासिता कर लगाउनुको कारण प्रष्ट पारेका हुन् । मन्त्री पौडेलले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव गरेको नभई सुनको १० लाखभन्दा ...