मुख्य समाचार
कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको बताए
कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको बताए

। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा संसदीय समितिको बैठकमा कांग्रेस सांसद बडूले अब राष्ट्रिय सभाबाट यसलाई सुधार गर्नु पर्ने बताएका हुन् ।




‘यत्रो समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो । यो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्‍यो,’ उनले भने, ‘त्यसअघि कसरी यसलाई सच्याउने भन्नेमा पनि ध्यान दिनुपर्छ ।’

गल्ती भएकै हो भन्ने स्वीकार गरेर सरकारले यसलाई सच्याउनु पर्ने बताएका उनले मन्त्रीले सरकारको तर्फबाट राष्ट्रिय सभामा संशोधनसहितको विधेयक पेश गर्नु पर्ने बताए । तर, अहिलेसम्मको प्रतिक्रिया देख्दा सरकारले यसमा सहयोग गर्ला जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।



सभामुखले संसदीय छानबिन समिति गठनका लागि र विधेयक सच्याउनका लागि सहयोग गर्नु पर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बार काउन्सिलको परीक्षा फाराम भर्न नपाएका विद्यार्थीले भेटे शिक्षामन्त्री
। डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको आरोप छ ...
जर्मनीका लागि नेपाली राजदूतलाई अन्‍य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त
। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त सडक खण्डको भौतिक प्रगति नगन्य मात्रामा रहेको र हालसम्म पनि र्ट्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर यथाशक्य छिटो उक्त सडक निर्माण कार्य ...
। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे-लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले विलासिता कर लगाउनुको कारण प्रष्ट पारेका हुन् । मन्त्री पौडेलले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव गरेको नभई सुनको १० लाखभन्दा ...