मुख्य समाचार
दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस
दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस

— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ ।



भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ ।

विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको दाबी गर्दै आएका लामाको जुलाई ६ (असार २२) मा जन्मदिन मनाइँदै छ । सो अवसरमा धर्मशालामा बौद्ध धर्मगुरुहरूको तीन दिने भेला आयोजना हुँदै छ ।

सोही क्रममा दलाई लामाले आफ्नो उत्तराधिकारीबारे विस्तृत विवरण र चयन प्रक्रियाबारे जानकारी दिने अपेक्षा गरिएको हो । चीन सरकार आफैँले पनि १५ औँ दलाई लामा छनोट गर्न खोजिरहेको हुँदा यो विषय धार्मिकसँगै भूराजनीतिक दृष्टिले पेचिलो बन्दै आएको छ ।

सन् १९५९ मा चिनियाँ कम्युनिस्ट सरकारसँगको द्वन्द्वपछि तिब्बतबाट भागेर भारत पुगेका लामालाई बेइजिङले पृथकतावादी भनी कडा आलोचना गर्ने गरेको छ । त्यस कारण चीनले नयाँ उत्तराधिकारी आफैँले छनोट गर्ने अडानसमेत लिँदै आएको छ । लामाले भने आफ्नो उत्तराधिकारी चीनभन्दा बाहिरै जन्मिने बताएका छन् ।


उनले आफ्ना अनुयायीलाई बेइजिङले छानेको कुनै पनि व्यक्तिलाई दलाई लामाका रूपमा स्वीकार नगर्न पनि आग्रह गरेका छन् । उनले ६ वर्षभन्दा मुनिका बालक मात्रै उत्तराधिकारी हुनुपर्ने चल्तीको नियमसमेत पालना नहुने सङ्केत दिएका छन् । उनले आफ्नो पुनर्जन्म ‘असाध्यै सुन्दर मुहार भएकी एकदमै छुकछुके श्वेत महिला’ का रूपमा पनि हुन सक्ने भनी ठट्टा गर्दै आएका छन् ।

अहिलेको अवस्थामा दलाई लामाको उत्तराधिकारी छनोटको विषय तिब्बती बौद्ध परम्पराका लागि आफैँमा नौलो हो । किनभने, यसअघि वर्तमान लामाको निधनपछि मात्रै आगामी दलाई लामाको खोजी कार्य सुरु गरिन्थ्यो, त्यो पनि तिब्बतभित्र मात्रै । यस प्रक्रियामा वर्षौँ समय पनि लाग्न सक्थ्यो । तर, हालका १४ औँ दलाई लामा, तेन्जिङ ग्यात्सोले आफू जीवित छँदै उत्तराधिकारी घोषणा गर्ने र आफ्नो उत्तराधिकारी चीन वा चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणबाहिर हुने जिकिर गरेका छन् । यसले बेइजिङलाई रुष्ट बनाउने ‘द डिप्लोम्याट’मा सारांश सेगलले लेखेका छन् ।




आफ्नो आध्यात्मिक विरासतलाई अगाडि बढाउन प्रबुद्ध भिक्षुहरूले पुनर्जन्म लिन्छन् भन्ने कुरामा तिब्बती बौद्ध अनुयायीहरूले विश्वास गर्ने गरेका छन् । हालका दलाई लामा आइतबार ९० वर्ष पुग्दै छन् । रोयटर्सका अनुसार उनले आफ्नो जन्मदिनमा वरिष्ठ भिक्षुहरू र अन्यसँग परामर्श गरी आफ्नो मृत्युपछि आफ्नो उत्तराधिकारी बालक वा बालिका कहाँ भेट्टाउन सकिन्छ भन्नेबारे सम्भावित सङ्केतहरू दिनेछन् ।

‘सकेसम्म धेरै र व्यापक रूपमा म मेरो बाँकी जीवन अरूको हितमा समर्पित गर्नेछु,’ दलाई लामाले आफ्ना अनुयायीहरूसँग सोमबारको भेलामा भनेका थिए, ‘एउटा संस्थाका रूपमा दलाई लामाको निरन्तरताका विषयमा छलफल गर्न एउटा फ्रेमवर्क बनाइनेछ ।’

आफूले निर्वासित जीवन बिताइरहेको उत्तरी हिमाली सहर, धर्मशालानजिकै नयाँ उत्तराधिकारीले पुनर्जन्म लिन सक्ने उनले यसअघि नै बताएका थिए । उनी दुई वर्षको छँदा उनका पूर्ववर्ती, थुब्टेन ग्यात्सोले उनलाई पुनर्जन्मका रूपमा पहिचान गरेका थिए ।

गत मार्चमा बेइजिङले दलाई लामालाई एक राजनीतिक निर्वासित व्यक्ति भएको र उनलाई ‘तिब्बती जनताको प्रतिनिधित्व गर्ने कुनै अधिकार नभएको’ बताएको थियो । दलाई लामाले तिब्बत र ताइवान चीनकै भूभाग हुन् भनी स्वीकार गरेमा चीनले उनको भविष्यबारे छलफल गर्न सकिने प्रस्ताव अघि सारेको र यसलाई निर्वासित तिब्बती सरकारले अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।

सन् २०१९ पछि पहिलो पटक आयोजना भइरहेको यस साताको धार्मिक सम्मेलनमा एक सयभन्दा धेरै तिब्बती बौद्ध नेताहरू सहभागी हुने र आयोजकहरूले जारी गरेको तालिकाअनुसार जुलाई ५ को प्रार्थना सभामा दलाई लामा सहभागी हुने र त्यसको एक दिनपछि आफ्नो जन्मदिनको उत्सवमा भाग लिने उल्लेख छ । उत्सवमा उनले करिब आधा घण्टा बोल्नेछन् ।

समारोहमा तिब्बती बौद्ध धर्मका अनुयायीसमेत रहेका हलिउड स्टार रिचर्ड गेयर सहभागी हुने आयोजकहरूले बताएका छन् । भारतका संसदीय मामिलामन्त्री किरण रिजिजु लगायतको पनि उपस्थिति हुने अपेक्षा गरिएको छ ।

गत वर्ष अमेरिकामा घुँडाको शल्यक्रिया गरेर फर्किएका दलाई लामाको दीर्घायुका लागि तिब्बती बौद्ध अनुयायीहरूले प्रार्थना गरिरहेका छन् । गत डिसेम्बरमा दलाई लामाले आफू १ सय १० वर्षसम्म बाँच्न सक्ने रोयटर्ससँगको कुराकानीमा बताएका थिए । अघिल्ला दलाई लामाको ५८ वर्षमै निधन भएको थियो ।

राजनीतिक कार्यक्रमका लागि ‘निर्वासित तिब्बती सरकार’ले उपयुक्त व्यवस्था गरेको र नयाँ दलाई लामाको पहिचान र खोजी गादेन फोद्राङ फाउन्डेसनले जारी राख्ने दलाई लामा र तिब्बती अधिकारीहरूले बताएका छन् । वर्तमान दलाई लामाले २०१५ मा यो फाउन्डेसन स्थापना गरेका थिए । यसका वरिष्ठ अधिकारीहरूमा उनकै सहयोगीहरू संलग्न छन् ।

दलाई लामाको उत्तराधिकारी छनोट तिब्बती अनुयायीहरूका लागि मात्र नभएर चीन, भारत र अमेरिकाका लागि पनि रणनीतिक कारणले चासोको विषय बनेको छ । तिब्बती परम्पराअनुसार, एक वरिष्ठ बौद्ध भिक्षुको आत्मा उनको मृत्युपछि पुनर्जन्म हुन्छ ।

१९३५ जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक किसान परिवारमा जन्मिएका अहिलेका दलाई लामालाई दुई वर्षको उमेरमै यस्तो पुनर्जन्मका रूपमा पहिचान गरिएको थियो । अघिल्ला दलाई लामाका सामग्रीहरू चिन्नेदेखि भिक्षुहरूको ध्यानमा आउने र विभिन्न मिल्दाजुल्दा सङ्केत दिने गरेको आधारमा १४ औँ दलाई लामाका रूपमा उनी चुनिएका थिए ।

गत मार्चमा सार्वजनिक गरिएको दलाई लामाको पुस्तक ‘भ्वाइस फर द भ्वाइसलेस’ मा उनले आफ्नो उत्तराधिकारी चीनबाहिर जन्मिने उल्लेख गरेका छन् । उनी १९५९ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् ।

राजसंस्थाको पालादेखि नै चिनियाँ सरकारलाई दलाई लामाको उत्तराधिकारी अनुमोदन गर्ने अधिकार रहेको चीनको दाबी छ । १७९३ मा जिन वंशदेखि नै उत्तराधिकारी चयनको प्रक्रिया स्वरूप पुनर्जन्म लिएकाहरूको नाम सुनको कलशबाट निकालिने प्रथा रहिआएको बताइन्छ ।

चिनियाँ अधिकारीहरूले दलाई लामाको उत्तराधिकारी छनोटको विधि चलिआएको सुनको कलशबाट गरिनुपर्ने र पुनर्जन्म चीनको सीमाभित्र हुनुपर्ने पटक–पटक दोहोर्‍याउँदै आएको छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम