मुख्य समाचार
माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधे
माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधे

: नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि तीन दिनभित्र जवाफ पठाउने गरी झाँक्रीलाई स्पष्टीकरण सोधिएको एकीकृत समाजवादीले जनाएको छ।



यस अगाडि झाँक्रीको अभिव्यक्तिपश्चात पार्टीको आधिकारिक धारणासँग बाझ्ने अभिव्यक्ति नदिन विज्ञप्तिमार्फत निर्देशन जारी गरेको छ। ‘पार्टीको आधिकारिक धारणासँग बाँझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ। पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद-प्रतिवादमा नउत्रिनसमेत आग्रह गर्दछ,' महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबार बस्ने सचिव गणेश विकले जानकारी दिए। उनका अनुसार गत शुक्रबार र शनिबार बसेको सचिवालय बैठक बिहीबार निरन्तर बस्ने तय भएको हो।



पछिल्लो समयमा एकीकृत समाजवादीमा विवाद बढ्दै गएको छ। एसको भ्रातृ संगठन अनेरास्ववियू १६ असारमा विभाजित हुँदै नरेन्द्र न्यौपानेले समानान्तर कमिटी घोषणा गरेर सर्कुलर जारी भएको छ।

निवर्तमान अध्यक्ष आरती लामालाई पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेर संगठनको महाधिवेशन नगराएरै अध्यक्षबाट हटाएपछि अध्यक्षमा महेश श्रेष्ठ र महासचिवमा राजन शर्मा पराजुलीलाई विवाद चलिरहेको थियो। लामाले पार्टीले नसोधी जबर्जस्ती अपानिमार्फत अध्यक्षबाट हटाएको भन्दै बैठकमा आक्रोश पोखेकी थिइन्।

के भनेकी थिइन् झाँक्रीले ?

पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपालका कारण पार्टीमा संकट आएकोले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी थिइन्। पतञ्जली जग्गा भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा परेपछि नेपालको सांसद् पद निलम्बन भएको र अध्यक्षकै बारेमा संकट आएकाले अर्लि महाधिवेशन गर्नुपर्ने उनको तर्क छ। पार्टी अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् ।

‘पार्टी बनाउने नै हो भने यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ, पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं, कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं।’ उनले भनिन्,‘अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ, कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’

झाँक्रीले हलबाट नै नेतृत्व छान्नुपर्ने बताइन्। उनले मतदाता नामावली सारेर ल्याएका मान्छे र टीका लगाएर बनाएको केन्द्रीय समितिबाट पार्टी बन्न नसक्ने धारणा राखिन्। उनले भनिन्,‘हामी सुध्रिने हो भने, नयाँ ढंगले जानको लागि अर्ली महाधिवेशन गरौं, हलबाट नेतृत्व छानौँ। तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्नुहुन्छ। होइन भने- मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा क्षेत्र मुलुक निर्माणको मेरुदण्ड रहेको बताए। उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट ...
: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पौडेलले बजेट तजबिज ढंगले नभई प्रणाली अन्तर्गत निर्माण भएको बताए। अर्थमन्त्री पौडेलले बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक रूपमा आएको र संसद्ले पारित गरेपछि कार्यान्वयनमा जाने बताए। उनले ऋणको दायरा ...
: एमसीसी परियोजनाले नेपालमा निरन्तरता पाउने भएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सरकारले अनुमति दिने निर्णय गरेसँगै एमसीसी परियोजनाले निरन्तरता पाउने भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खाएकै दिन एमसीसीका सहयोग कार्यक्रम ९० दिनका लागि रोक्ने निर्णय गरेका थिए। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले बुधबार एक विज्ञप्ति ...
— सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने, १ सय वटा झोलुङ्गे पुल मर्मत गर्ने, ४०वटा नयाँ सडक पुल निर्माण गर्ने र ३०वटा सडक पुल मर्मत गर्ने योजना सार्वजनिक गरेको ...
: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार ढाल्ने पक्षमा आफूहरू नभएको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर माओवादीले केन्द्रले कांग्रेस-एमाले नेतृत्वको सरकारले निरन्तरता पाओस् भनेर चाहेको स्पष्ट पारेको हो। तर, सत्तापक्षका अन्तरविरोधकै कारण सरकार ढल्ने दाबी पनि माओवादीले गरेको छ। 'हामी यो सरकारलाई ढाल्न खोजेका छैनौं। यो सरकारले निरन्तरता पा‌‌ओस् नै चाहन्छौं। तर, सत्ता ...