मुख्य समाचार
शून्य समयमा सांसदको प्रश्न - ‘बाहेक’ भन्ने शब्द कसले, कहाँबाट, किन थप गर्‍यो? जवाफ चाहियो
शून्य समयमा सांसदको प्रश्न - ‘बाहेक’ भन्ने शब्द कसले, कहाँबाट, किन थप गर्‍यो? जवाफ चाहियो

— राष्ट्रिय सभाका सांसदहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाएका छन्।



राष्ट्रिय सभाको आजको बैठकमा उनीहरूले अनावश्यक शब्द थपिएको कार्य किर्ते भएको र संविधान विपरीतको काम भएको बताएका छन्। बैठकको शून्य समयमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले निजामती विधेयकमा कर्मचारीका लागि दुई वर्षको कुलिङ पिरियड राख्ने व्यवस्थामा ‘बाहेक’ जस्ता अनावश्यक शब्दहरू थपिएको जनाउँदै त्यसलाई गम्भीर अनियमितता र अन्यायपूर्ण कार्यको संज्ञा दिए। उनले यस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए।

सांसद सावित्री मल्लले पनि निजामती सेवा विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिएको जनाउँदै यस्तो कार्य संसद्को अपमान भएको टिप्पणी गरिन्। सांसद कृष्णबहादुर रोकायाले रुकुम पश्चिममा दुई महिनादेखि विद्युत् आपूर्ति अवरुद्ध रहँदा सेवा सुचारु गर्न आवश्यक पहल नहुँदा जनजीवन कष्टकर बनेको उल्लेख गर्दै यथाशीघ्र समाधान गर्न आग्रह गरे।

त्यसैगरी, सांसद घनश्याम रिजालले राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई सेवा नहुँदा तथा आइसियु सेवाको अभावका कारण बिरामीहरूलाई निजी अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको जनाउँदै ट्रमा सेन्टरमा कम्तीमा ५० आइसियु बेड थप गर्न सरकारको ध्यानाकर्षण गराए।


बैठकमा सांसद रुक्मिणी कोइरालाले संविधानले दिएको अधिकार प्रयोग गरेर सबै काम गर्न नसकिएको जनाउँदै सम्बन्धित ऐन, कानुन र नियम बनाएर प्रदेश तथा स्थानीय तहमा पठाउनुपर्नेमा जोड दिइन्।

सांसद रेणु चन्दले बैतडीको मेलौली नगरपालिकामा निर्माणाधीन खेलमैदान अलपत्र परेको, खानेपानीको समस्या, भूक्षय, सडक स्तरोन्नति तथा विद्युत् विस्तार नहुनुजस्ता समस्याको तत्काल समाधान आवश्यक रहेको औँल्याइन्।




सांसद विष्णुकुमारी सापकोटाले संघ, प्रदेश र स्थानीय तहबीच समान व्यवहार हुनुपर्ने उल्लेख गर्दै स्थानीय तहका कर्मचारीलाई संघ तथा प्रदेशमा सरुवा हुने व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायको उत्थानका लागि तयार गरिएको मस्यौदा विधेयक संघीय मामिला मन्त्रालयमै थन्किएको भन्दै उक्त विधेयक यथाशीघ्र संसद्मा पेस गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा क्षेत्र मुलुक निर्माणको मेरुदण्ड रहेको बताए। उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट ...
: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पौडेलले बजेट तजबिज ढंगले नभई प्रणाली अन्तर्गत निर्माण भएको बताए। अर्थमन्त्री पौडेलले बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक रूपमा आएको र संसद्ले पारित गरेपछि कार्यान्वयनमा जाने बताए। उनले ऋणको दायरा ...
: एमसीसी परियोजनाले नेपालमा निरन्तरता पाउने भएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सरकारले अनुमति दिने निर्णय गरेसँगै एमसीसी परियोजनाले निरन्तरता पाउने भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खाएकै दिन एमसीसीका सहयोग कार्यक्रम ९० दिनका लागि रोक्ने निर्णय गरेका थिए। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले बुधबार एक विज्ञप्ति ...
— सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने, १ सय वटा झोलुङ्गे पुल मर्मत गर्ने, ४०वटा नयाँ सडक पुल निर्माण गर्ने र ३०वटा सडक पुल मर्मत गर्ने योजना सार्वजनिक गरेको ...
: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार ढाल्ने पक्षमा आफूहरू नभएको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर माओवादीले केन्द्रले कांग्रेस-एमाले नेतृत्वको सरकारले निरन्तरता पाओस् भनेर चाहेको स्पष्ट पारेको हो। तर, सत्तापक्षका अन्तरविरोधकै कारण सरकार ढल्ने दाबी पनि माओवादीले गरेको छ। 'हामी यो सरकारलाई ढाल्न खोजेका छैनौं। यो सरकारले निरन्तरता पा‌‌ओस् नै चाहन्छौं। तर, सत्ता ...