मुख्य समाचार
पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन
पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिएका छन्।



बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले अहिले नेतृत्वको विषयमा छलफल होइन विधि र विधानका बारेमा बहस गर्नुपर्ने बताएका हुन्।


`राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ´ पार्टी केन्द्रीय कार्यालयबाट बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने।



भदौ २०-२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिव पोखरेलले निर्देशन दिए। महासचिव पोखरेलले राजनीतिक र सांगठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिए। उनले भने, `तर विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ।´

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डबाट ५ किलो गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेम भारत घर भएका ३१ वर्षीय मुहमम्द इसा कक्रिचाल पुथियापुरियाल छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । थाइ लायोन एयरको उडानबाट काठमाडौं आएका उनले लगेजमा ५ किलो ३० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
। तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका-३ पाँचमानेका नवीन घिमिरले चलाएको बा७४प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही नगरपालिका-८ भेटघाट चोकका करिब ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको हो । सवा ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि सिटी अस्पताल हुँदै ग्राण्डी पुर्‍याइएकोमा राति सवा ११ बजे मृत्यु ...
जब उडिरहेको विमान २६ हजार फिट तल खस्यो, यात्रुहरुले लेख्न थाले अन्तिम इच्छापत्र
। झापाको शिवसताक्षी नगरपालिका-९ का अर्का एक किशोरको पनि कुटपिटबाट मृत्यु भएको छ। योसँगै शिवसताक्षीमा कुटपिटबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । संगम चोक का १५ वर्षीय आदित्य तामाङको पनि मृत्यु भएपछि यो सङ्ख्या दुई पुगेको हो। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा बुधबार दिउँसो आदित्यको मृत्यु भएको हो । केही दिनअघि ट्युसन पढेर घर फर्कने क्रममा दुधेको ...
। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा संसदीय समितिको बैठकमा कांग्रेस सांसद बडूले अब राष्ट्रिय सभाबाट यसलाई सुधार गर्नु पर्ने बताएका हुन् । ‘यत्रो समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो । यो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्‍यो,’ ...