मुख्य समाचार
भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय
भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय

— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय गरेकी छन्। पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले बुधबार गृह मन्त्रालयमा पुगेर सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको हो।



गत शनिबार मात्रै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको भन्दै पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।

‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा जननेता मदनकुमार भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा बोल्दै उनले भनेकी थिइन्, 'राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो।'

भण्डारी निकट स्रोतका अनुसार, उनी सक्रिय राजनीतिमा फर्किएकी अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा प्रश्न उठ्ने भएकाले उनले सेवा सुविधा त्याग्ने निर्णय गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा २ सय नयाँ झोलुङ्‍गे पुल निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्रालयले सो योजना रहेको सार्वजनिक गरेको हो । यस आवमा १ सय वटा पुलको भने मर्मत गरिने भएको छ । ४० वटा नयाँ सडक पुल यस मन्त्रालयको बजेटमा बनाउने लक्ष्य राखिएको छ । ३० सडक पुल मर्मत ...
। सोमबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीभित्रको आन्तरिक समस्यालाई चासोका साथ उठाएका छन् । नेताहरूले आन्तरिक मनमुटाव, गुटबन्दी, भ्रातृ संस्थाहरूको अधिवेशनको अभाव, पार्टी र जनप्रतिनिधिको समन्वयको समस्या लगायतलाई जोड दिएर नेतृत्वको ध्यानाकर्षण गराएका छन् । गठबन्धनको भविष्य र सरकारको कामकारबाहीति नेताहरूले चासो दिएका छन् । संस्थापनइतरका नेता डा. शेखर कोइराला यसअघिका बैठक भन्दा फरक शैलीमा ...
। थाइल्याण्डबाट ५ किलो गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेम भारत घर भएका ३१ वर्षीय मुहमम्द इसा कक्रिचाल पुथियापुरियाल छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । थाइ लायोन एयरको उडानबाट काठमाडौं आएका उनले लगेजमा ५ किलो ३० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
। तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका-३ पाँचमानेका नवीन घिमिरले चलाएको बा७४प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही नगरपालिका-८ भेटघाट चोकका करिब ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको हो । सवा ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि सिटी अस्पताल हुँदै ग्राण्डी पुर्‍याइएकोमा राति सवा ११ बजे मृत्यु ...
जब उडिरहेको विमान २६ हजार फिट तल खस्यो, यात्रुहरुले लेख्न थाले अन्तिम इच्छापत्र