। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा संसदीय समितिको बैठकमा कांग्रेस सांसद बडूले अब राष्ट्रिय सभाबाट यसलाई सुधार गर्नु पर्ने बताएका हुन् ।
‘यत्रो समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो । यो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्यो,’ ...