मुख्य समाचार
दोस्रो खेलमा ध्यान केन्द्रित गर्दै नेपाल र उज्वेकिस्तान
दोस्रो खेलमा ध्यान केन्द्रित गर्दै नेपाल र उज्वेकिस्तान

— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ ।



मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् ।

सावित्राभन्दा पनि ‘साम्बा’ नामले बढी चिनिने नेपाली खेलाडीले लाओसविरुद्धको जितपछि आफ्नो गोलसंख्या ६१ पनि पुर्‍याएकी छन्, त्यसमा सम्भव ४ गोलसँगै । लाओसविरुद्धको ८८ औं मिनेटमा सम्भव नवौं गोल भने उनको नाममा राखिएको छैन, त्यसलाई लाओसकी डिफेन्डर सायसमोनी इन्थापोफोनलाई श्रेय दिएर आत्मघाती मानिएको छ ।

डे वाइल्डले सोमबार कान्तिपुरसँगको कुराकानीमा भने, ‘यो हाम्रा लागि छनोटमा राम्रो सुरुआत पक्कै पनि हो । तर अझै पनि हाम्रो ध्यान आफ्नो ठ्याक्कै अगाडिको खेलमै हुनुपर्छ ।’ उनको स्पष्ट आशय थियो, नेपालले अहिले नै उज्वेकिस्तानविरुद्धको खेलबारे सोचिरहेको छैन, बरू टिमको ध्यान पूर्णतः श्रीलंकाविरुद्धको खेलमा छ ।


लगभग यस्तै सोच उज्वेकिस्तानकी प्रशिक्षक कोट्रान कुलबाटइको पनि छ । उनले श्रीलंकामाथि प्राप्त एकोहोरो जितपछि भनिन्, ‘पहिलो खेलको नतिजा धेरै अर्थमा राम्रो रह्यो । यति ठूलो जितका बावजुत मैले टिममा सुधारको ठाउँ देखेको छु । त्यसैले हामीले आफ्नो पूरा ध्यान लाओसविरुद्धको खेलमा केन्द्रित गरिसकेका छौं ।’

बुधबार नेपालले श्रीलंकाको सामना गर्नेछ भने उज्वेकिस्तान लाओसविरुद्ध भिड्ने छ । दुवै प्रशिक्षकले जस्तै दाबी गरे पनि एउटा तथ्य निश्चित छ, समूह विजेताको निर्णय अन्तिम खेलबाटै हुनेछ । त्यो भनेको नेपाल र उज्वेकिस्तानको खेल नै हो । समूह विजेता अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछ ।




यो खेल भने शनिबार हुनेछ । त्यस अगाडि अपेक्षा गरेको छ, नेपाल र उज्वेकिस्नानले पनि आ–आफ्नो दोस्रो खेल सजिलै जित्नेछन् । नेपालले सन् २०१० मा पहिलो पटक श्रीलंकाको सामना गरेको थियो । त्यसमा नेपालको जित अन्तर थियो, ८–१ । त्यसयता नेपाल र श्रीलंकाले एक आपसमा नौपल्ट खेलेका छन् । ती सबैमा विजयी हुने टिम नेपाल नै रहेको छ ।

यी खेलमा पछिल्ला दुई प्रतिस्पर्धामा नेपालले श्रीलंकालाई समान ६–० ले हराएको थियो । अहिलेसम्म सबैभन्दा साँघुरो जित भने १–० को छ । यदि सबैको अपेक्षा अनुसार नै नेपाल र उज्वेकिस्तानबीचको खेल निर्णायक हुनेछ । यो खेल बराबरीमा टुंगिने हो भने समूहको शीर्षमा रहने टिमको निर्णय गोल अन्तरबाट हुनेछ ।

यसमा पनि बराबरी हुने हो भने समूह चरणमा कुन टिमले बढी गोल गरेको हुनेछ, त्यही समूह विजेता हुनेछ । त्यसपछि पनि केही टुंगो लागेन भने लागू हुनेछ, फेयर प्लेमा कुन टिम अगाडि छ भनेर । त्यसमा पनि बराबरी हुने हो भने समूह विजेताको निर्णय टसबाट हुनेछ । तर, प्रशिक्षक डे वाइल्ड भन्छन्, ‘मैले त्यहाँसम्म सोचेकै छैन । जतिबेला उपयुक्त समय आउनेछ, त्यही बेला निर्णय गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...