मुख्य समाचार
ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताए
ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्।



ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। मलाई आशा छ कि हमासले यो सम्झौता स्वीकार गर्नेछ किनकि यसले परिस्थितिलाई राम्रो बनाउने होइन बरु झनै खराब बनाउनेछ।'



सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेर १२ सय मानिसको ज्यान लिएपछि उसले गाजामा सैन्य कारबाही थालेको हो। उक्त कारबाहीमा हालसम्म गाजामा ५६ हजार ६४७ जनाको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको



तर हमासले युद्धविरामका शर्तहरू स्वीकार्ला भनेर अहिले नै प्रस्ट भइसकेको छैन।
आगामी साता इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग भेट हुनु अगाडि ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उक्त भेटघाटमा आफू 'दह्रो' रूपमा प्रस्तुत हुने ट्रम्पले बताएका छन्। मंगलबार बोल्दै ट्रम्पले नेतान्याहु गाजामा युद्ध रोक्न चाहन्छन् भन्ने आफूलाई लागेको बताएका थिए। 'मलाई लाग्छ अर्को साता हामी एक सम्झौतामा पुग्न सक्छौँ,स उनले भने।

गत साता बीबीसीसँग बोल्दै एकजना वरिष्ठ हमास अधिकारीले नयाँ युद्धविराम तथा बन्धक रिहाइको सहमतिका निम्ति मध्यस्थकर्ताहरूले प्रयासलाई तीव्र पारेको तर इजरायलसँगको कुराकानी अड्किरहेको बताएका थिए।

आगामी साता इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग भेट हुनु अगाडि ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उक्त भेटघाटमा आफू 'दह्रो' रूपमा प्रस्तुत हुने ट्रम्पले बताएका छन्।

मङ्गलवार बोल्दै ट्रम्पले नेतान्याहु गाजामा युद्ध रोक्न चाहन्छन् भन्ने आफूलाई लागेको बताए। "उनी चाहन्छन्। म भन्न सक्छु उनी चाहन्छन्। मलाई लाग्छ अर्को साता हामी एक सम्झौतामा पुग्न सक्छौँ," उनले भने।

गत साता बीबीसीसँग बोल्दै एकजना वरिष्ठ हमास अधिकारीले नयाँ युद्धविराम तथा बन्धक रिहाइको सहमतिका निम्ति मध्यस्थकर्ताहरूले प्रयासहरू तेज पारेको तर इजरेलसँगको कुराकानी अड्किरहेको बताएका थिए।

इजरायलले हमासको पूर्ण विघटन नभएसम्म संघर्ष अन्त्य नहुने भन्दै आएको छ। हमासले चाहिँ स्थायी युद्धविराम र गाजाबाट इजरायलको पूर्ण फिर्तीको माग गरिरहेको छ।

करिब ५० इजरेली बन्धक गाजामा रहेको र तीमध्ये कम्तीमा २० जना जिउँदो रहेको ठानिएको छ। सोमबार गाजाको समुद्री तटमा रहेको एक क्याफेमा भएको इजरायली हवाई हमलाका कारण कम्तीमा २० जना प्यालेस्टीनी मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...