मुख्य समाचार
अनियमितता र भुक्तानीको विषयलाई लिएर प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयमा गाउँपालिकामा दुई दिनदेखि तालाबन्दी
अनियमितता र भुक्तानीको विषयलाई लिएर प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयमा गाउँपालिकामा दुई दिनदेखि तालाबन्दी

: सिन्धुलीको सुनकोसी गाउँपालिका–३ मा रहेको एक माध्यमिक विद्यालयमा भएको अनियमितता र भुक्तानीको विषयलाई लिएर प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयमा गाउँपालिकामा दुई दिनदेखि तालाबन्दी गरिएको छ ।



गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सुनकोसी गाउँपालिका–३ स्थित प्रगतिशील नमुना माविका प्रअ सरिता चौलागाईंलाई अनियमितता र भुक्तानीको विषयलाई लिएर स्पष्टीकरण सोधेको भन्दै सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका हुन् । उक्त विद्यालयका प्रअ चौलागाईं माथि विद्यालय भवन निर्माण गर्दा भुक्तानी गरिएको रकम हिनामिना गरेको र नियम विपरित सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा मुद्धा दर्ता भएको थियो ।



सोही विषयलाई लिएर गाउँपालिकामा समेत तीनवटा उजुरी परेपछि प्रअ चौलागाँई माथी के कसो भएको हो भन्दै गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ को (पहिलो संसोधन २०८०) अनुसार स्पष्टीकरण सोधेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले विद्यालयको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भएपनि प्रअ सरिता चौलागाईंलाई स्पष्टीकरण सोधे पछि उनको कार्यकक्षमा तालाबन्दी गरिएको गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले बताए ।



उता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले भने विद्यालयको आर्थिक कारोबारमा कैफियत देखिएको र भवन निर्माण कम्पनीलाई पुषमै भुक्तानी गर्नुपर्ने रकम हालसम्म नदिइ १६ लाखभन्दा बढी अपुग देखाइएकाले स्पष्टीकरण सोधिएकोमा विरोध स्वरुप कार्यकक्षमा तालाबन्दी गरिएको जनाए ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार उक्त विद्यालयको भवन निर्माणका लागि गाउँपालिकाले निर्माण सम्पन्न भई अन्तिम विल अनुसार कुल ६८ लाख ९७ हजार रुपैयाँ निर्माण कम्पनी आर.वि. सिद्धार्थ कन्ट्रक्सन प्रालिलाई भुक्तानीका दिन निकासा गरिदिएको भएपनि विद्यालयले १६ लाख ६४ हजार रुपैयाँ भुक्तानी गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका-३ पाँचमानेका नवीन घिमिरले चलाएको बा७४प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही नगरपालिका-८ भेटघाट चोकका करिब ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको हो । सवा ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि सिटी अस्पताल हुँदै ग्राण्डी पुर्‍याइएकोमा राति सवा ११ बजे मृत्यु ...
जब उडिरहेको विमान २६ हजार फिट तल खस्यो, यात्रुहरुले लेख्न थाले अन्तिम इच्छापत्र
। झापाको शिवसताक्षी नगरपालिका-९ का अर्का एक किशोरको पनि कुटपिटबाट मृत्यु भएको छ। योसँगै शिवसताक्षीमा कुटपिटबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । संगम चोक का १५ वर्षीय आदित्य तामाङको पनि मृत्यु भएपछि यो सङ्ख्या दुई पुगेको हो। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा बुधबार दिउँसो आदित्यको मृत्यु भएको हो । केही दिनअघि ट्युसन पढेर घर फर्कने क्रममा दुधेको ...
। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय समितिमा सर्वसम्मत भएको निर्णयमाथि जालझेल भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा संसदीय समितिको बैठकमा कांग्रेस सांसद बडूले अब राष्ट्रिय सभाबाट यसलाई सुधार गर्नु पर्ने बताएका हुन् । ‘यत्रो समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो । यो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्‍यो,’ ...
। नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ’, उनले भने । गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव ...